काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटारकाे सरकारी जग्गा व्यक्तिको नाममा लैजान भुमिका निर्वाह गरेका पूर्वमन्त्री विजयकुमार गच्छदार विशेष अदालतलाई १० लाख धरौटीमा बुझाएर रिहा भएका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा मन्त्री हुँदा ९ करोड ६५ लाख ७६ हजार भ्रष्टाचार गरेको अभियोगमा डेढ वर्षअघि उनीविरूद्ध अदालतमा मुद्दा दायर गरेको थियो।
अदालतले बोलाएको डेढवर्षपछि बुधबार बिहान अदालतमा उपस्थित भएका गच्छदारलाई न्यायाधीश प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले १० लाख धरौटीमा छोडेको हुन् । विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेका अनुसार गच्छदारले आजै १० लाख धरौटी बुझाउने भएका छन् ,
तपाइको प्रतिक्रिया
(Visited 1,077 times, 1 visits today)






