टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी

काठमाडौं । जापानमा यसै महिना (जुलाई)मा आयोजना हुने ३२औं ग्रीष्मकालीन टोकियो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली खेलाडीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरेकी छन् । बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा एक कार्यक्रमबीच ओलम्पिकमा सहभागी हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई राष्ट्रपति भण्डारीले खेलाडी तथा अफिसियलसँग भेट गर्दै सफलताको शुभकामनासहित बिदाइ गरेकी हुन् ।

टोकियो ओलम्पिक २०२० मा नेपालबाट चार खेलमा चार प्रशिक्षक, पाँच खेलाडीसहित २६ सदस्यीय टोली जापान प्रस्थान गर्नेछ । पौडी टोली जापान पुगिसकेको छ । अन्य टोली तीनदेखि चार चरणमा जापान पुग्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । सहभागी हुने खेलाडीमा पौडीका गौरिका सिंह र एलेक्जान्डर गाडेगार्ड शाह, सुटिङका कल्पना परियार, जुडोका सोनिया भट्ट तथा एथलेटिकसका सरस्वती चौधरी रहेका छन् । गौरिकाले वुमेन्स १०० सय मिटर फ्रि स्टाइल र एलेन्जान्डरले मेन्स १०० मिटर फ्रि स्टाइलमा खेल्नुहुनेछ । कल्पनाले वुमेन्स १० मिटर एयर राइफल, सानियाले वुमेन्स ४८ केजी तौल समूह तथा सरस्वतीले वुमेन्स १०० मिटर दौडमा सहभागिता जनाउने छन् । प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्राकुमारी मल्ल छन् ।

पौडीका दुई र एथलेटिक्सका एक खेलाडीले ‘युनिभर्सियालियाटी प्लेस’अन्तर्गत खेलमा सहभागिता जनाउनेछन् भने बाँकी दुई खेलाडी आमन्त्रित अर्थात् ‘वाइल्ड कार्ड’को आधारमा सहभागी हुनेछन् । नेपाली टिमको ‘सेफ द मिसन’ राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव रमेशकुमार सिलवाल छन् । उद्घाटन समारोहमा आयोजना हुने मार्च पासमा गौरिका सिंह र एलेक्स शाहले संयुक्त रूपमा नेपाली झन्डा बोकेर नेपालको प्रतिनिधित्व गर्नेछिन् । टोकियो ओलम्पिक २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ । कोरोना भाइरस संक्रमणको महामारीका कारण निर्धारित समयमा स्थगन भएको टोकियो ओलम्पिक एक वर्षको अन्तरालमा सुरु हुँदा नेपालको सहभागिताको सबै तयारी पूरा भइसकेको नेपाल ओलम्पिक कमिटी (एनओसी)ले यसअघि नै बताइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 276 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाका आठ स्थानीय तहका प्रमुख र उपप्रमुखमा ६५ जनाको उम्मेदवारी