काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधान गर्न १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने प्रतिबद्धता नेताहरूले व्यक्त गरेका छन् । पार्टीलाई एकताबद्ध बनाउनका लागि सो प्रस्ताव कार्यान्वयन गर्नुपर्ने निष्कर्ष उनीहरूको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा शनिबार बसेको विघठित कार्यदलले १० बुँदे प्रस्ताव कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान प्रस्ताव कार्यान्वयनमा लगाउने प्रतिबद्धतासमेत उनीहरूले व्यक्त गरेका छन् । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टी एकताका लागि गठित कार्यदलले बुझाएको १० बुँदे प्रस्ताव कार्यान्वयन सम्बन्धनमा सबै सहमत रहेको बताए । प्रस्ताव कार्यान्वयनका लागि सबैले आफ्नो ध्यान केन्द्रित गरेर अगाडि बढ्ने निष्कर्ष बैठकको रहेको उनले बताए । ‘पार्टीलाई एकताबद्ध बनाउन १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि सम्पूर्ण ध्यान केन्द्रित गर्ने विषयमा हामीले प्रतिबद्धता जनाएका छौं,’ नेम्वाङले भने, ‘ भर्खरै १० बुँदे सहमति गरेर शीर्ष नेतालाई बुझाएका छौं । सहमतिलाई स्थायी कमिटीबाट अनुमोदन गरिएको छ । १० बुँदे प्रस्तावलाई कार्यान्वयन गर्दै अगाडि बढ्दा पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ ।’
१० बुँदे प्रस्ताव कार्यान्वयनमा विवाद नरहेको बताउँदै उनले आफूहरू पनि सो प्रस्ताव पूर्णरूपमा कार्यान्वयन गरेर पार्टीलाई एकजुट बनाउनुपर्ने निष्कर्षमा पुगेको बताए । पार्टीभित्र विभिन्न प्रकारका मत रहेकाले सर्वोच्च अदालतको फैसलाले धेरै कुरा भत्काएको उनले बताए । अदालतको फैसला कार्यान्वयन गर्दै पार्टीलाई समेत एकजुट बनाउनेमा आफूहरू सहमत रहेको उनले जनाए । एमाले सचिव गोकर्ण विष्टले पार्टीभित्रको विवाद समाधान गर्दै एकजुट भएर अघि बढ्ने विषयमा छलफललाई निरन्तरता दिने बताए । विगतको कुरा कोटयाएर अगाडि बढ्न नचाहेको बताउँदै उनले १० बुँदे प्रस्ताव कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउने कार्यमा सबैले जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता आंैल्याए । अनौपचारिक छलफल भनिएको सो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै समूहका नेताहरूको सहभागिता रहेको थियो । ओली समूहबाट नेम्वाङसहित उपमहासचिव विष्णु पौडेल, सचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटीका सदस्यद्वय शंकर पोखरेल र विष्णु रिमालको सहभागिता थियो ।
यसैगरी, नेपाल समूहबाट सचिव विष्टका साथै उपाध्यक्ष डा. भीम रावल, उपमहाचिव घनश्याम भुषाल, सचिव भीम आचार्य, स्थायी कमिटीका सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी भएका थिए । पार्टीभित्र विवाद चर्किएपछि गठित कार्यदलले १० बुँदे प्रस्ताव तयार गरेर अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई बुझाएको थियो । गत शुक्रबार बसेको स्थायी कमिटीको बैठकले सो १० बुँदे प्रस्ताव अनुमोदन गर्दै कार्यदल विघटन गरिसकेको छ । बैठकमा ओली समूहका नेताहरू मात्रै सहभागी भएका थिए भने नेपाल समूहका नेताहरूले बैठक बहिष्कार गरेका थिए ।
ओली–ठाकुर भेटघाट
यसैबीच एमाले अध्यक्ष ओली र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरबीच भेटघाट भएको छ । जसपा वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी समितिका सदस्यहरू शरतसिंह भण्डारी, अनिल झालगायतका नेताहरूसहित ठाकुर ओली निवास बालकोट पुगेका थिए । प्रधानमन्त्रीबाट हटेपछि ओलीको ठाकुर, महतोसँगको पहिलो भेटघाट हो । ओली नेतृत्वको सरकारमा ठाकुर, महतो समूहसमेत केही समय सहभागी थिए । हालै नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले ३० दिनभित्रमा विश्वासको मत लिनुपर्नेहुन्छ । ओली र ठाकुर, महतोको एक गठबन्धन छ । विश्वासको मत दिने कि नदिने भन्ने विषयमा नेताहरूबीच छलफल भएको जसपा स्रोतले जनाएको छ । एमालेले विश्वासको मत नदिने निर्णय गरिसकेको छ भने ठाकुर, महतो समूहले निर्णय गर्न बाँकी छ ।
जसपाभित्र एमालेजस्तै विवाद रहेको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव समूह देउवा गठबन्धनमा रहेको छ । दुई समूहमा विभाजित जसपाको आधिकारिता विवाद’bout निर्वाचन आयोगमा छलफल जारी छ । सम्भवतः आइतबार निर्वाचन आयोगले आधिकारितासम्बन्धी निर्णय गर्ने बताइएको छ । जसपा नेता झाले पछिल्लो राजनीतिक अवस्था’bout छलफल भएको बताए । केही समय आफूहरूसमेत ओली नेतृत्वको सरकारमा सहभागी भएको र अहिलेको अवस्था’bout छलफल गर्दै अगाडि बढ्ने विषयमा कुराकानी भएको उनले बताए ।
नेपाल र प्रचण्डबीच छलफल
यसैबीच एमाले वरिष्ठ नेता नेपाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार छलफल भएको छ । नेपाललाई भेट्न प्रचण्ड दिउँसो नेपाल निवास कोटेश्वर पुगेका थिए । यसअघि प्रधानमन्त्री भएको भोलिपल्ट देउवासमेत नेपाल निवास कोटेश्वर पुगेर पछिल्लो राजनीतिक अवस्था’bout छलफल गरेका थिए । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले पछिल्लो राजनीतिक अवस्था’bout दुई नेताबीच छलफल भएको बताए । सत्तारूढ गठबन्धनको आगामी चुनौतीको विषयमा छलफल भएको बताइएको छ । देउवाले संसद्मा विश्वासको मत ३० दिनभित्रमा लिनुपर्ने भएकाले अहिले राजनीतिक भेटघाटमा नेताहरू व्यस्त छन् । देउवा गठबन्धनमा रहेका नेपाल गठबन्धनबाट बाहिरिसकेको बताए पनि नेपाल समूहलाई विश्वासको मत दिनका लागि प्रचण्ड, देउवाले फकाउने प्रयास गरिरहेका छन् ।
आज स्थायी कमिटी बैठक बस्दै पार्टीभित्रको विवादबीच एमाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटीको बैठक ललितपुर च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्दै छ । केन्द्रीय कमिटी बैठकको एजेन्डा’bout स्थायी कमिटी बैठकमा छलफल हुनेछ । यसअघिको स्थायी कमिटी, संसदीय दलको बैठक बहिष्कार गरेका नेपाल समूहका नेताहरूलाई समेत बैठकमा सहभागिताका लागि सूचना गरिएको छ । तामाङले १० बुँदे सहमतिअनुसार पार्टी संरचना २ जेठ २०७५ मा फर्काउँदै बैठकका लागि नेपाल समूहलाई समेत सूचना गरिएको छ ।
माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै यसैबीच नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको बैठक आइतबार बस्दै छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने प्रमुख सचेतक देव गुरुङले बताए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रले मन्त्री छनोट, विश्वासको मत दिनेलगायतका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ । पछिल्लो राजनीतिक अवस्था’bout थप छलफल गरेर सांसदहरूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनेछन् ।






