Thursday, September 16, 2021
Your Ads Here
HomeEditor-Picksफेरि निषेधाज्ञा होला त ?

फेरि निषेधाज्ञा होला त ?

प्रशान्त वली,
sharethis

काठमाडौं । देशभर कोरोना संक्रमणदर स्थिर हुँदा पुनः संक्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आँकलन थालिएको छ । अहिले नेपालमा संक्रमणदर १९.३ प्रतिशत रहेको छ । संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणदर उल्लेखनीय रूपमा ओरोलो लाग्न सकेको छैन ।

संक्रमणदर स्थिर

संक्रमणदर उल्लेखनीय रूपमा नघट्दा पुनः बन्दाबन्दी हुन सक्ने अनुमान गरिरहँदा जनस्वास्थ्यविद् र चिकित्सकहरूले भने बन्दाबन्दी नै कोरोना नियन्त्रणको प्रमुख उपाय नभएको तर्क गर्न थालेका छन् । जनस्वास्थ्यका मापदण्ड पालना गरेको अवस्थामा बन्दाबन्दी नै गर्न नपर्ने उनीहरूको तर्क छ ।

काठमाडौं उपत्यकाभित्र संक्रमण रोकथामका लागि बन्द गरिएका सार्वजनिक सवारी साधन सञ्चालनमा आउन थालेपछि संक्रमितको संख्या बढ्न थालेको छ । काठमाडौं उपत्यकामा गत २२ असारदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याइएको थियो ।

त्यस दिन अर्थात् २२ असारमा सक्रिय संक्रमितको संख्या २५ हजार ८ सय २८ रहेको थियो । यो संख्या बढेर शुक्रबार २७ हजार ६ सय ६१ पुगेको छ ।

‘निषेधाज्ञा गरेर वा लम्ब्याएर मात्रै हुँदैन । त्यसको उपलब्धि पनि देखिनुप-यो । मुख्य कुरा त जनस्वास्थ्य मापदण्ड कार्यान्वयन नै हो ।’
– डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी दिइसकेको छ । जबकि स्वास्थ्य मन्त्रालय गत २२ असारमा काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीबीचको बैठकमा निषेधाज्ञा खुकुलो गराउने निर्णय हुँदा सरोकारवाला निकायले असन्तुष्टि व्यक्त गरेका थिए ।

यता पछिल्लोपटक शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दूरीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । लामो दूरीका सवारी साधन सञ्चालन गर्दा उपत्यकाबाहिरका व्यक्ति सहज रूपमा उपत्यका भित्रन सक्ने हुँदा संक्रमण दर बढ्ने अनुमान गरिएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले निषेधाज्ञा खुकुलो भएको अवस्थामा जनस्वास्थ्यका मापदण्ड पालनामा हेलचेक्रयाइँ भएकाले संक्रमणदर जति घट्नुपर्ने हो त्यति नघटेको बताए । उनले जनस्वास्थ्यका मापदण्ड पालनामा ध्यान नदिने हो भने स्थिति भयावह हुन सक्ने संकेत पनि गरे ।

जनस्वास्थ्यविज्ञ डा. महेश मास्केले पनि जनस्वास्थ्यका मापदण्ड पालनामा गम्भीर हुनुपर्नेमा जोड दिए । रोकथामका उपाय मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुनेजस्ता कामलाई निरन्तरता दिनुपर्नेमा पनि उनले जोड दिए ।

यसो भनिरहँदा उनले संक्रमण रोकथामका लागि बन्दाबन्दी स्थायी समाधानको उपाय नभएको पनि बताए ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण अझै बढ्न सक्ने भन्दै जनस्वास्थ्यका मापदण्ड पालना नै संक्रमण रोकथामको उत्तम विकल्प रहेको बताए । उनले भने, ‘संक्रमणदर विश्लेषण गर्न छुट्टै टिम खडा गरिनुपर्छ । निषेधाज्ञा गरेर वा लम्ब्याएर मात्रै हुँदैन । त्यसको उपलब्धि पनि देखिनुप¥यो ।’

डा. पुनले समुदायमा भित्रभित्रै संक्रमणदर फैलिने खतरा बढेको भन्दै कोरोनाविरुद्धको खोप अभियानलाई व्यवस्थित गरिनुपर्ने बताए । उनले सरकारले संक्रमण रोकथामका लागि कार्ययोजना ल्याउनुपर्ने र त्यसको पूर्ण पालना हुनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया

(Visited 149 times, 1 visits today)

आजको समाचार

बलिउडमा पारिश्रमिक विवाद, करिनाको स्थानमा कंगना

काठमाडौं । पछिल्लो समय बलिउडमा पारिश्रमिकको विषयमा चर्चा हुन थालेको छ । यसअघि यस किसिमको चर्चा नभएको होइन, तर यसपटक भने एकपछि अर्काे कलाकारले पारिश्रमिको...

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा...

केपी ओलीलाई अष्टलक्ष्मीका चार सुझाव

  काठमाडौं । एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले फुट र जुटको अनुभव भएको एमाले सुदृढ बनाउन चारवटा सुझाव दिएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा...

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइट इमेज विधिद्वारा जनगणना

  काठमाडौं । बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । जनगणनामा ७ जेठ २०७७ मा सरकारले जारी गरेको नयाँ नक्सामा समावेश...

साताका लोकप्रिय समाचार

एमसीसीका विषयमा सरकार अनिर्णीत

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू अनिर्णीत बनेका छन् । प्रायःजसो दलपिच्छे धारणा दिँदै आएका गठबन्धन...

को हुन् ६ जनाको हत्या गर्ने लोकबहादुर ? किन लखेटी-लखेटी हत्या गरे ?

  संखुवासभा । संखुवासभाको मादी-१ उम्लिङमा एक वर्षअघि लोकबहादुर कार्कीकी आमा तेजबहादुरको घरमा लडेकी थिइन्। उनको आमा बेहोस भएपछि उपचारको क्रममा झापामा मृत्यु भएको थियो । लोकबहादुरले...

नयाँ लुक्समा देखिए कोरियाली नेता किम, एक वर्षमा घट्यो २० किलो तौल

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उन तुलनात्मक रुपमा ‘स्लिम’ देखिएका छन् । प्योङयाङमा आयोजित एक सैन्य परेडमा देखिएका किम पहिलेको तुलनामा पातलो...

१४८६ संक्रमित थपिए, १६ जनाको निधन

  काठमाडौं । कोरोना भाइरसको संक्रमण आज एकै दिन एक हजार ४८६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४...

च्याम्पियन्स लिगः चेल्सी र म्युनिख सफल

लन्डन । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नयाँ सिजन गएरातीबाट सुरु भएको छ । नयाँ सिजनको पहिलो खेलमा इग्लिस क्लब चेल्सी विजयी हुँदा म्यान्चेस्टर...

ट्रेन्डिङ

युवा संघले ब्यूँतायाे युथ फोर्स

  काठमाडाैं । नेकपा एमालेसम्वद्ध युवा संघले युथ फोर्स ब्यूँताएको छ । संघले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्यूँताएको घोषणा गरेको हो । कार्यक्रममा युवा संघका...

भक्तपुरमा धान पाक्यो, भित्र्याउन चटारो (फोटोफिचर)

काठमाडौं । भक्तपुरको गठ्ठाघर स्थित डोल क्षेत्रमा आफन्तको दुई रोपनी खेतमा लगाएको धान भित्र्याउदै गरेका भेटिए नयाँ ठिमिका ६५वर्षिय किसान रामकृष्ण श्रेष्ठ । वाल्यकालदेखी...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)