Thursday, September 16, 2021
Your Ads Here
HomeEditor-Picksजनयुद्धका योद्धादेखि अर्थमन्त्रीसम्म

जनयुद्धका योद्धादेखि अर्थमन्त्रीसम्म

विजय नेपाल,
sharethis

 

पोखरा । जनयुद्धका योद्धा रामजीप्रसाद बराल ‘जीवन’ले यतिखेर गण्डकी प्रदेशमा महत्वपूर्ण मन्त्रालयको जिम्मा पाएका छन् । बराल शुक्रबार प्रदेशको अर्थमन्त्रीमा नियुक्त भएका हुन् ।

पोखरा २२, पुम्दीभुम्दीमा २०२३ साउन २३ मा जन्मिएका उनी प्रवेशिका परीक्षा उत्तीर्णसँगै राजनीतिमा सक्रिय भए । २०४२ सालमा तत्कालीन मोटो मसालको विद्यार्थी संगठनमा आवद्ध भई स्थानीय शुक्रराज मावि इकाई कमिटी अध्यक्ष हुँदै कम्युनिस्ट राजनीतिमा सक्रिय हँुदै आएका उनी प्रदेशसभा चुनावमा निर्वाचित भएका थिए ।

सबैखाले विभेदविरुद्ध खरो विरोध गर्ने स्वभावका उनी शहीद, उनका परिवार र वेपत्ताको विषयमा सधैं चिन्ता लिन्छन् । स्थानीय महेश्वरी प्राविबाट अध्ययन प्रारम्भ गरेका बरालले २०४३ सालमा शुक्रराज माविबाट प्रवेशिका उत्तीर्ण गरेका थिए । उनी भन्छन्, ‘आज मेरो यो यात्रासम्म आउनुमा पार्टीको देन हो । पार्टी भनेरै म घरपरिवारसमेत छाडेर परिवर्तनका लागि जनयुद्धमा होमिएको थिएँ ।’

२०४७ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी २०४८ सालमा संयुक्त जनमोर्चा नेपाल गाउँ इकाई अध्यक्ष र २०४९ मा जिल्ला सदस्य बने । २०५१ सालमा पार्टीको राष्ट्रिय भेलाले जनयुद्ध सुरु गर्ने र जनमुक्ति सेना निर्माण गर्ने निर्णयले उनलाई असाध्यै खुसी बनायो । उनले भने, ‘जनयुद्ध सुरु भएको र तयारी हुन अनुरोध गरिएको चिठी पढेपछि ममा खुसीको कुनै सिमै रहेन, त्यसपछि मात्रै पार्टीप्रति विश्वास लाग्यो र मैले मुक्तिको सपना देख्न थालें ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   केपी ओलीलाई अष्टलक्ष्मीका चार सुझाव

उनी २०५३ देखि पार्टीको पूर्णकालीन कार्यकर्ता बने । त्यसपछि तत्कालीन नेकपा (माओवादी) इलाका सेक्रेटरी र पार्टीको जिल्ला सदस्य बने । कास्कीमा पार्टीलाई सक्रिय बनाउनुमा उनको महŒवपूर्ण योगदान छ । उनले माओवादी आन्दोलन उचाइमा पु-याउन आफ्नोतर्फबाट कुनै कसर बाँकी राखेनन् । २०५७ सालमा पर्वत सेक्रेटरी हुँदै २ वर्षपछि सेक्रेटरीसहित इन्चार्ज जिम्मेवारी लिएर गृहजिल्ला फर्किए । तत्कालीन एकीकृत माओवादीमा पोलिटब्यूरो सदस्यसमेत बनेका उनी दोस्रो संविधानसभा निर्वाचनमा उमेदवार थिए । २०७४ सालको प्रदेशसभा चुनावमा भने उनी कास्की ३ (क) बाट निर्वाचित हुन सके । बराल हाल माओवादी केन्द्र संसदीय दल उपनेता र सार्वजनिक लेखा समिति सदस्यको जिम्मेवारीमा छन् ।

कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी सरकारमा शुक्रबार ११ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । त्यसमध्ये कांग्रेस ५, माओवादी ४, जसपा र स्वतन्त्रले १÷१ मन्त्रालय लिएका छन् । कास्कीले बरालसहित यसपालि ३ मन्त्री पाएको छ । जसमा भौतिक पूर्वाधारमन्त्री कुमार खड्का र सञ्चारमन्त्री बिन्दुकुमार थापा छन् ।

तपाइको प्रतिक्रिया

(Visited 246 times, 1 visits today)

आजको समाचार

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो …

  महाराष्ट्र । भारतमा एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई...

धावक धर्मले बर्लिन म्याराथन खेल्ने

काठमाडौं । नेपाली धावक धर्म महर्जनले विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् । उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । बैकुण्ठ...

पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत...

च्याम्पियन्स लिगः म्याड्रिड र इग्लिस क्लबलाई सफलता

लन्डन । बिहीबार बिहान सम्पन्न च्याम्पियन्स लिगका खेलहरुमा समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित ग-यो...

मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ

भदौ २३ गतेबाट पूर्णरूपमा विस्तार हुने भनिएको मन्त्रिमण्डल अझै पनि विस्तार हुन सकेको छैन । यो अवधिसम्म अपूर्ण सरकारले ६० दिन पार गरिसकेको छ...

साताका लोकप्रिय समाचार

मन्थली माविमा काण्डै काण्ड

रामेछाप । मन्थली नगरपालिका–१ को मन्थली मावि काण्डैकाण्डको भुमरीमा फसेको छ । भुमरीमा फसेको प्रमाणित हुनेहरूमा मन्थली नगरपालिकाका कर्मचारीदेखि, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक...

एनआरएनएकाे निर्वाचन रोक्न सरकारको निर्देशन, छानबिन गर्दै परराष्ट्र

  काठमाडौं । नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिवेशन रोक्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले संघको निर्वाचन प्रक्रियामा भएका अनियमितताबारे...

यूएस ओपन टेनिसको उपाधि रुसी खेलाडी डानिललाई

न्यूयोर्क । यूएस ओपन टेनिसको उपाधि रुसी खेलाडी डानिल मेदभेदेबले जितेका छन् । नोभाक जोकोभिचलाई न्युयोर्कमा पराजित गर्दै मेदभेदेब यूएस ओपनको नयाँ च्याम्पियन बनेका...

गैंडाकोटमा बस र ट्रक ठोक्किँदा, तीन जनाको मृत्यु

काठमाडौं । नवलपुरको गैंडाकोटमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट-१० स्मृतिपुल नजिकै सु.प्र.०२-००१ ख ११२३ नम्बर बस...

संशोधित बजेटले ६ उद्योगलाई फाइदा २४ वटा मर्कामा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सार्वजनिक गरेको संशोधित नयाँ बजेटमा सम्बन्धित सरोकारवाला एवं निजी क्षेत्रका विभिन्न संघ संस्थाले मिश्रित प्रतिक्रिया दिएका...

ट्रेन्डिङ

नेकपा विभाजन हुँदैन : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भीर मोडमा पुगेको भए पनि विभाजन नहुने बताएका छन् । नेकपा दोलखा...

उपत्यकामा १२० र बाहिर ११५ आईसीयू बेड स्थापना गरिने

काठमाडौ । सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी काठमाडौं उपत्यका र विभिन्न प्रदेशमा गरी २ सय ३५ वडा आईसीयू बेड स्थापना गर्ने...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)