Thursday, September 16, 2021
Your Ads Here
Homeअर्थआयात–निर्यात दुवै बढ्यो

आयात–निर्यात दुवै बढ्यो

मधुजंग पाण्डे,
sharethis

 

काठमाडौं । कोरोना महामारीको असहज अवस्थामा पनि गत आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आयात –निर्यात दुवै बढेको छ । गत आव असार मसान्तसम्मको अवधिमा झन्डै साढे १५ खर्बको वस्तु तथा सेवा आयात भएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवको एक वर्षमा कुल १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको हो । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा कुल ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएकोमा गत आवमा सो आयात बढेर झन्डै साढे १५ खर्ब रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यसपालि २८ दशमलव ६६ प्रतिशतले आयात बढेको भन्सार विभागले जनाएको छ । कोरोना भाइरस महामारीका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको बेलामा पनि झन्डै साढे १५ खर्बको वस्तु तथा सेवा आयात गर्नु सकारात्मक संकेतको सूचक भएको विभागले जनाएको छ ।

विभागको तथ्यांकअनुसार गत आवको एक वर्षको अवधिमा आयातसँगै निर्यात पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ । गत आवको असार मसान्तसम्ममा कुल १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको छ । अघिल्लो आव २०७६/७७ मा नेपालले जम्मा ९७ अर्ब ७० करोड ९१ लाख रुपैयाँबराबरको नेपाली उत्पादित वस्तु तथा सेवा निर्यात गर्न सफल भएको थियो । यो निर्यातको दर अघिल्लो आवको भन्दा ४४ दशमलव ४३ प्रतिशतले बढी हो ।

विभागका अनुसार यसपालि कुल वैदेशिक व्यापारमा पनि वृद्धि देखिएको छ । आव २०७६/७७ मा १२ खर्ब ९४ अर्ब ५० करोड ८१ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको मुलुकले गत आव २०७७/७८ को एक वर्षको अवधिमा कुल १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको छ । जुन २९ दशमलव ८५ प्रतिशतले बढी हो । यसैगरी, सरकारले सो अवधिमा आयात भएको वस्तु तथा सेवाबाट ३ खर्ब ८२ अर्ब १३ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालले एक वर्षको अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ, आइरन प्रोडक्ट (स्टिल), भटमासको तेल, मोबाइल फोन, ग्यास र सुन आयात गरेको छ ।

झन्डै ४७ करोडको गोलभेंडा आयात

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा झन्डै ४७ करोड रुपैयाँको गोलभेंडा (टमाटर) मात्र आयात भएको छ । कृषिप्रधान देशमा उपभोक्ताको मागअनुरूप स्वदेशी उत्पादनले नधानेपछि एक वर्षको अवधिमा गोलभेंडा खरिदमा मात्र यति धेरै रकम बाहिरिएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आव २०७७/७८ को असार मसान्तसम्म छिमेकी मुलुक भारत र चीनलगायत विभिन्न देशबाट नेपालमा कुल ४६ करोड ७५ लाख ६० हजार रुपैयाँको गोलभेंडा आयात भएको छ । विशेषगरी नेपालमा भारतबाट नै सबैभन्दा धेरै टमाटर आयात हुने गरेको छ । चीनबाट केही आए पनि अन्य देशबाट भने टमाटर आयात हुँदैन । विभागका अनुसार सो अवधिमा ३६ हजार ४ सय ४३ टनभन्दा बढी टमाटर आयात भएको छ । एक वर्षको अवधिमा टमाटर आयातबाट मात्र सरकारले कुल ४ करोड २४ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बजेट ‘होलिडे’ : दोषी को ?

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया र इजरायत पुगेर कृषि फर्ममा काम गरी त्यहाँको ज्ञान तथा सिप हासिल गरी स्वदेश फर्किएका युवाले सामूहिक तरकारी खेती गर्न थालेसँगै हाल नेपालमा टमाटर उत्पादनमा वृद्धि हुन थालेको छ । तर, स्वदेशी किसानले टमाटर बिक्री गरेर नाफा कमाउनुभन्दा पनि टडेल निर्माणलगायत उत्पादनमा गरेको लगानीसमेत उठाउन सकेका छैनन् ।

यस्तो छ भन्सारको अवस्था

हवाई मार्गबाट ल्याउने/लैजानेबाहेक मुलुकमा स्थलगत भन्सार नाकाबाट विभिन्न वस्तु आयात–निर्यात हुने गरेका छन् । ती वस्तु देशका विभिन्न भन्सार नाकाबाट आयात/निर्यात भएका छन् । हाल देशभर २४ वटा भन्सार नाका रहेका छन् । यी २४ वटा भन्सार नाकामध्ये वीरगन्ज नाकाबाट सबैभन्दा बढी वस्तु तथा सेवा आयात हुने गरेको छ । एक आर्थिक वर्षमा वीरगन्ज भन्सारबाट ५ खर्ब ११ अर्ब ७५ करोड ४४ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको छ । सो भन्सारले मात्रै आयातीत वस्तु तथा सेवा ३३ दशमलव २३ प्रतिशत ओगटेको छ ।

यसैगरी, भैरहवा भन्सारबाट २ खर्ब ८१ अर्ब ६१ करोड ६० लाख रुपैयाँ, विराटनगरबाट १ खर्ब ८९ अर्ब ६५ करोड ५० लाख रुपैयाँको, ड्राइपोर्टबाट १ खर्ब ८९ अर्ब ३८ करोड १९ लाख रुपैयाँ र अन्तर्राष्ट्रिय विमानस्थलबाट १ खर्ब ४३ अर्ब ३८ करोड १९ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको छ । सो भन्सार नाकाबाट आयातीतमध्ये क्रमशः १८ दशमलव २९ प्रतिशत, १२ दशमलव ३२ प्रतिशत र १२ दशमलव ३० प्रतिशतले ओगटेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

त्यसैगरी, नेपालगन्जबाट ६८ अर्ब ९४ करोड ४ लाख रुपैयाँको आयात हँुदा मेची भन्सारबाट ४४ अर्ब ८ करोड ५८ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको छ । त्यसैगरी, कैलालीबाट २६ अर्ब ७९ करोड ८१ लाख रुपैयाँ, कृष्णनगर भन्सारबाट २४ अर्ब ४८ करोड १० लाख रुपैयाँ, रसुवाबाट १७ अर्ब १ करोड ४८ लाख रुपैयाँ र सुठौलीबाट १० अर्ब ३५ करोड ९६ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको जनाइएको छ ।

चीनको तातोपानी भन्सारबाट ५ अर्ब ८४ करोड ९१ लाख रुपैयाँ, जलेश्वरबाट ५ अर्ब ७१ करोड ८१ लाख रुपैयाँ, सुनसरीबाट ५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ, सर्लाहीबाट ५ अर्ब १२ करोड ४१ लाख रुपैयाँ, जनकपुरबाट २ अर्ब ४४ करोड रुपैयाँ, महेश्वर नाकाबाट १ अर्ब ५२ करोड १४ लाख रुपैयाँ, कञ्चनपुरबाट १ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ, गौर भन्सार नाकाबाट १ अर्ब २६ करोड ४९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको भसार विभागले जनाएको छ ।

त्यसैगरी, ठाडी भन्सारबाट १ अर्ब ८ करोड ८० लाख रुपैयाँको, सिराहाबाट १ अर्ब २ करोड रुपैयाँ, भद्रपुरबाट ९२ करोड ३९ लाख रुपैयाँ, सतीबाट ५३ करोड २६ लाख रुपैयाँ र राजविराजबाट १६ करोड ९० लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 77 times, 1 visits today)

आजको समाचार

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक थलो बनाऔं

राजनीति र शिक्षाको नेक्सस कुनै न कुनै रूपमा विश्व जगत्का अरू देशहरूमा पनि हुने गर्छ । किनभने शिक्षासम्बन्धी नीतिनियम निर्माण गर्ने, पाठ्यव्रmम तर्जुमा गर्ने,...

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा...

चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

  बेजिङ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार...

धावक धर्मले बर्लिन म्याराथन खेल्ने

काठमाडौं । नेपाली धावक धर्म महर्जनले विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् । उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । बैकुण्ठ...

साताका लोकप्रिय समाचार

पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने

काठमाडौं सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टको पार्टी रोज्न पाउने अधिकारविरुद्ध कुनै काम कारबाही नगर्न निर्वाचन आयोगको नाममा...

पोखरामा सेतो पुतलीकाे बिगबिगी, २४ घन्टाभित्र उपचार नपाए आँखाकाे ज्याेती गुम्ने

  पोखरा । पोखरामा सेतो पुतलीबाट लाग्ने रोग ‘सापु’ को बिगबिगी फेरि सुरु भएको छ । हिमालयन आँखा अस्पतालमा शनिबारसम्म ३० जनाभन्दा बढी विरामीले सापुको...

आइटी आर्मीको किसान मोर्चाको प्रधानमन्त्रीलाई ज्ञापन

  गौर । किसानहरुको समस्या समाधान गर्न आईटी आर्मीको किसान मोर्चाले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको छ । किसानहरुले राखेका बुँदागत माँगहरु पुरा...

कक्षा १२ को परीक्षा आजबाट, ३ लाख ७४ हजार परिक्षार्थी सहभागी

  काठमाडौं । कोरोना भाइरस महामारीका कारण चार महिना पर धकेलिएको कक्षा १२ को वार्षिक परीक्षा आज बुधबारबाट सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजीको...

ट्रेन्डिङ

आजबाट राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ सर्वसाधारणलाई खुला

काठमाडाैं । ऐतिहासिक नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा...

चार वर्षमा ६ किलोमिटर कालोपत्रे !

काठमाडौं । संघीय राजधानी काठमाडौंकै सडकखण्ड ठेक्का सम्झौता भएको चार वर्षमा ६ किलोमिटर मात्र कालोपत्रे भएको छ । चावहिल–साँखु...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)