आयोवा प्रारम्भिक चुनाव : पिट बुटिगिग र बर्नी स्यान्डर्सको अग्रता

आयोवा । अमेरिकी डेमोक्रयाटिक पार्टीको आयोवा राज्यमा भएको चुनावी प्रतिस्पर्धामा पूर्वमेयर पिट बुटिगीग र सिनेटर बर्नी स्यान्डर्सले अग्रता लिएका छन । अमेरिकी चुनावी प्रक्रियामा पार्टीका तर्फबाट सर्वाधिक सदस्य बटुल्न सफल व्यक्ति नै पार्टीको चुनावी प्रक्रिया आयोवा राज्यबाट प्रारम्भ भएको हो । मंगलबार भएको चुनावको नतिजा कम्प्युटर प्रणालीमा भएको गडबडीका कारण सार्वजनिक गर्न ढिलाइ भइरहको छ । आयोवा राज्यको पार्टी कार्यालयले करिब ७१ प्रतिशत मत गणना हुँदा बुटिगीगले २६.८ प्रतिशत र स्यान्डर्सले २५.२ प्रतिशत मत प्राप्त गरेको जनाएको छ । एघार जना चुनावी मैदानमा रहेको यस प्रतिस्पर्धामा सिनेटर एलिजाबेथ वारेनले १८.४ प्रतिशत र पूर्वउपराष्ट्रपति जो बाइडेनले १५.४ प्रतिशत मत प्राप्त गरेका छन । पपुलर मततर्फ स्यान्डर्सले ३२ हजार ६७३ र बुटिगीगले ३१ हजार ३५३ मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरको मेयरमा पुनः लाकिशोर शाह