Thursday, September 16, 2021
Your Ads Here
Homeभर्खरैखोप अभियानः सार्क राष्ट्रमा नेपालको अवस्था सन्तोषजनक

खोप अभियानः सार्क राष्ट्रमा नेपालको अवस्था सन्तोषजनक

प्रशान्त वली,
sharethis

काठमाडौं । कोरोना महामारी प्रभावित देशमा कोरोनाविरुद्ध खोप अभियान जारी रहेकै बेला सार्क राष्ट्रभित्र खोप लगाउने सूचीमा नेपालको अवस्था सन्तोषजनक पाइएको छ । सार्क राष्ट्रमा औसत ९.४५ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप प्राप्त गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारसम्मको तथ्यांकअनुसार १३ लाख ६६ हजार ४६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउने योजना बनाएको छ । हालसम्म नेपालभर ६ दशमलव २७ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् ।

कोरोना खोप रेकर्ड राख्दै आएको आवर वल्र्ड इन डाटाका अनुसार सार्क राष्ट्रअन्तर्गत माल्दिभ्समा ६ साउनसम्म औसत ४८ दशमलव १५ प्रतिशत, श्रीलंकामा ८ दशमलव ११ प्रतिशत, भारतमा ६ दशमलव ६० प्रतिशत, पाकिस्तानमा ६ साउनसम्म ३ दशमलव ११ प्रतिशत, बंगलादेशमा ७ साउनसम्म २ दशमलव ६० प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

– ६.२७ प्रतिशतले लगाए पूर्ण खोप

अफगानिस्तानमा २७ असारसम्म औसतमा शून्य दशमलव ५६ प्रतिशत र भुटानमा २८ असारसम्म शून्य दशमलव २० प्रतिशत नागरिकले पूर्ण खोप लगाएको आवर वल्र्ड इन डाटाको पछिल्लो तथ्यांकमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा १३ लाख ६६ हजार ४६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जसअन्तर्गत ४ लाख ६० हजार ३ सय ८ जनाले कोभिसिल्ड र ६ लाख ९४ हजार ५ सय ६० जनाले भेरोसिल खोपको पूर्ण मात्रा लगाएका छन् ।

त्यस्तै, २ लाख ११ हजार १ सय ७८ जनाले जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् । सो खोप एक मात्रा लगाए पुग्छ ।

हालसम्म नेपालमा ३३ लाख ७७ हजार २ सय २८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । मन्त्रालयका अनुसार १८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र १५ लाख ४८ हजार ७ सय ४४ जनाले भेरोसिल पहिलो मात्रा लगाएका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

नेपालमा अहिलेसम्म भारत, चीन र अमेरिकाबाट ७३ लाख ८२ हजार ८ सय ५० मात्रा खोप प्राप्त भएको छ । जसअन्तर्गत २४ लाख ४८ हजार मात्रा कोभिसिल्ड, ३४ लाख मात्रा भेरोसिल र १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोन्सन एन्ड जोन्सन खोप प्राप्त भएको हो ।

त्यस्तै, काठमाडौंमा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फाराम अनिवार्य गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अबदेखि ५० वर्ष वा सोभन्दा मुनिका (१८ वर्षसम्मका) नागरिकले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोना खोप लगाउन पाउनेछन् ।

यसैबीच, शनिबार देशभर थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १० हजार ६ सय ३५ जनाको पीसीआर र ४ हजार २ सय ८५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

देशभर कुल संक्रमित संख्या ६ लाख ७९ हजार १७ पुगेको छ । शनिबार २ हजार १ सय ९७ संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ६ लाख ४१ हजार ५ सय ६५ पुगेको छ ।

शनिबार देशभर १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ९५ पुगेको छ । केही दिनयता संक्रमित संख्या बढ्दोक्रममा छ ।

तपाइको प्रतिक्रिया

(Visited 49 times, 2 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   १ असोजदेखि विद्यालय खोल्ने निर्णय फिर्ता, तत्काल विद्यालय नखुल्ने

आजको समाचार

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो...

केपी ओलीलाई अष्टलक्ष्मीका चार सुझाव

  काठमाडौं । एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले फुट र जुटको अनुभव भएको एमाले सुदृढ बनाउन चारवटा सुझाव दिएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा...

च्याम्पियन्स लिगः म्याड्रिड र इग्लिस क्लबलाई सफलता

लन्डन । बिहीबार बिहान सम्पन्न च्याम्पियन्स लिगका खेलहरुमा समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित ग-यो...

साताका लोकप्रिय समाचार

जीतसँगै एभर्टन शीर्षस्थानमा

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति एभर्टनले बर्न्लेमाथि ३–१ को जित निकालेको छ । आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन माइकल किन,...

संवैधानिक इजलास विवाद निरुपण गर्न प्रधानन्यायाधीश सकारात्मक

काठमाडौं । प्रधानन्यायाधीशबिना संवैधानिक इजलास चल्न सक्ने कि नसक्ने भन्ने विवाद संवैधानिक इजलासबाटै टंगो लगाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहमत भएका छन् । न्यायाधीश र कानुन...

गहना वशिष्टको न्युड फोटो : न म नशामा थिएँ न यौन शोषण भयो

मुम्बई । पोर्नोग्राफी गरेको अभियोगमा व्यापारी राज कुन्द्रा गिरफ्तारीमा परेपछि बलिउडमा पोर्नोग्राफीको चर्चा फेरि बढेको छ । सोही प्रसंगमा जोडिन आएकी छिन् मोडल गहना...

अर्थमन्त्रीले दिए भन्सार विन्दुमा भेइकल स्क्यानर जडान गर्न निर्देशन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । मन्त्री शर्माले भन्सार विभागले आयोजना गरेको दुई...

ट्रेन्डिङ

आईसीसीमा पठायो क्यानले खेलाडीको सूची

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पारिश्रमिक निकासाका लागि क्रिकेट खेलाडीको नाम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई पठाएको छ । आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची...

सवारी दुर्घटनामा २ जनाको ज्यान गयो

उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ सिम्लेका ३५ बर्षीय कुमार परीयारको ट्रक दुर्घटनाबाट ज्यान गएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत सोलुखुम्बु दुधकुण्ड–८ शिकारी डाँडा स्थित...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)