सचिव बैठकः मन्त्रालय र कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न निर्देशन

काठमाडौ । मुख्य सचिव शंकरदास वैरागीले सरकारका सबै सचिवलाई छिटोभन्दा छिटो मन्त्रालय र मातहतका कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न निर्देशन दिएका छन् । सचिव बैठकमा बुधबार उनले यस्तो निर्देशन दिएका हुन् ।

वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने तथा प्रशासनिक कामकारबाहीमा चुस्तता ल्याउने’bout विभिन्न निर्णयसहित कार्यान्वयन थालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले जानकारी दिए । बैठकमा विगतमा निर्णय र कार्यान्वयन’bout व्यापक समीक्षा गरिएको पनि उनले जानकारी दिए ।

बैठकमा मुख्य सचिव वैरागीले सिंहदरबारभित्रका निकायमा साउन मसान्तभित्र बाहिरका निकाय र कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न विशेष निर्देशन दिएका हुन् । आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालन हुने राष्ट्रिय गौरव, रूपान्तरणकारी आयोजनालगायत प्राथमिकता प्राप्त आयोजनाको वार्षिक कार्यान्वयन कार्ययोजना समयमै तयार गरी कार्यान्वयन गर्न र गराउनसमेत उनले निर्देशन दिएका छन् ।

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन अवस्था र सरकारी तथ्यांक तथा डाटावेस सुरक्षा संवेदनशीलता विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रस्तुतिकरण गरिएको छ । समीक्षक्रममा सिंहदरबार प्रवेश थप व्यवस्थित बनाउने, विभिन्न मन्त्रालय तथा निकायको गत आर्थिक वर्षमा निर्धारित माइलस्टोन र क्रियाकलाप प्रगति स्थिति’bout पनि छलफल भएको छ ।

एक सचिवका लागि तीन सिफारिस यसैबीच, सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिवका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले वरिष्ठ सहसचिवहरू हरिप्रसाद मैनाली, डिल्लीराम शर्मा र राजकुमार श्रेष्ठको नाम सिफारिस गरेको हो ।

मैनाली श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा श्रेष्ठ निर्वाचन आयोगमा कार्यरत छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सिफारिस भएका तीनमध्ये एकलाई सचिवमा बढुवा गरिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

epaper

ताजा समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय