Thursday, September 16, 2021
Your Ads Here
HomeBreaking Newsसिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

दिनेश थापा,
sharethis

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले जानकारी दिए ।

नदीको सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको छ भने रेडियो मेलम्चीको भवन पनि बगाएको छ ।
असार १ को भीषण बाढीपछि लयमा फर्कन लागेको मेलम्ची आसपासका स्थानीय शनिबार राती आएको बाढीले फेरि त्रसित भएका छन् । नदिले कटान गरेको बस्ती र अन्य संरचना जोगाउन मेलम्ची र हेलम्बु क्षेत्रका स्थानीय बाढी गएदेखी नै निरन्तर लागिरहेका थिए ।

शनिबार बेलुकी आएको बाढीले यस अघि बाकी रहेका भौतिक सरचनामा क्षति पु-याएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   १ असोजदेखि विद्यालय खोल्ने निर्णय फिर्ता, तत्काल विद्यालय नखुल्ने

एसपी अधिकारीका अनुसार हिजो बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ भने नदीको सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको छ । एसपी अधिकारीका अनुसार रातीको बाढी पछि हेलम्बुको चनौटे बजार बाटै नदि बगेको स्थानीयले जानकारी दिएका छन् । राती बाढी आएपछि नदि आसपासका स्थानीयमा भागदौड भएको थियोे । अहिले बाढी प्रभावित क्षेत्रमा नेपाली सेना,प्रहरीको थप टोलि परिचालन गरेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 163 times, 1 visits today)

आजको समाचार

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

काठमाडौं । अबको तीन सातापछि दसैं सुरु हुन्छ । दसैं अर्थात् अधिकांश नेपाली जनताको प्रमुख चाड । दसैंपछि लगत्तै सुरु हुन्छ तिहार, त्यसपछि छठ...

भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

धनगढी । नेकपा एकlकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा बिहीबार...

ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जनतालाई उत्तेजित बनाउन कार्य नगर्न सरकारलाई चेतावनी दिएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले...

साताका लोकप्रिय समाचार

शक्तिकेन्द्रको दबाबमा ८५ सहसचिवको सरुवा

काठमाडौं । सरकारले एकैपटक ८५ जना सहसचिवको सरुवा गरेको छ । विभिन्न शक्तिकेन्द्रको दबाबमा सरकारले एकैपटक ठूलो संख्यामा सहसचिव सरुवा गरेपछि स्थायी सरकारका रूपमा...

राजनीतिक अन्योलताबीच प्रशासनको बढ्दो जिम्मेवारी

स्थायी सरकारका रूपमा रहेको ब्युरोक्रेसीले व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’ नाराका साथ २२ भदौमा निजामती सेवा दिवस मनायो । हरेक वर्ष...

एमाले फुट नयाँ सन्देशकै स्रोत बनोस्

राजनीतिमा दल विभाजित हुनु सामान्य कुरा हो । दल फुटको मुख्य उद्देश्य नै सैद्धान्तिक नीतिगत, वैचारिक विभेदकै अन्त्य गर्नु हो । जसले दलद्वारा सम्पादित...

जीतसँगै एभर्टन शीर्षस्थानमा

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति एभर्टनले बर्न्लेमाथि ३–१ को जित निकालेको छ । आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन माइकल किन,...

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइट इमेज विधिद्वारा जनगणना

  काठमाडौं । बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । जनगणनामा ७ जेठ २०७७ मा सरकारले जारी गरेको नयाँ नक्सामा समावेश...

ट्रेन्डिङ

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका एक कोरोना सङ्क्रमितको आज अपराह्न मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का...

माग सम्बोधन नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी

काठमाडौं । यातायात व्यवसायी एउटै प्रदेशभित्र चल्ने बस भाडा समायोजनको माग गर्दै आन्दोलित भएका छन् । सरकारले हालै मात्र एउटा प्रदेशबाट अर्को प्रदेशमा चल्ने...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)