Friday, September 24, 2021
Your Ads Here
HomeBreaking Newsछसय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

छसय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे छ ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त सेवा उपलब्ध गराउन सम्बन्धित परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गर्दै आएको हो । उक्त प्याजेक अन्तर्गत असार मसान्तसम्ममा ९४ दशमलव ४४ प्रतिशत स्थानमा उच्च गतिको इन्टरनेट जडान भइसकेको छ । अठार प्याकेजमध्ये १५ प्याकेजअन्तर्गत ६० जिल्लाका तोकिएका स्थानमा १०० प्रतिशत तथा दुई प्याकेज अन्तर्गत १० जिल्लामा ५० प्रतिशतभन्दा बढी स्थानमा इन्टरनेट जडान गरिएको छ ।

यस्तै चार जिल्लाका तोकिएका स्थानमा सञ्जाल विस्तारका लागि सेवा प्रदायक छनोट भई निर्माण कार्य भइरहेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार १८ वटा प्याकेजका १५ हजार ९८२ स्थानमध्ये हालसम्म १४ हजार २१८ स्थानमा इन्टरनेट जडान भइसकेको छ भने एक हजार ७६४ स्थानमा इन्टरनेट जडान गर्न बाँकी छ ।सातसय दुई स्थानीय निकायमध्ये असार मसान्तसम्म ६६३ स्थानमा इन्टरनेट जडान भइसकेको र ३९ स्थानीय तहमा जडान भइरहेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै

यसैगरी पाँच हजार ९३३ वडा कार्यालयमध्ये हालसम्म पाँच हजार २६४ स्थान, पाँच हजार २२५ माध्यमिक विद्यालयमध्ये चार हजार ६४० विद्यालय र चार हजार १२२ स्वास्थ्य संस्थामध्ये तीन हजार ६५१ संस्थामा इन्टरनेट जडान भइसकेकोे छ ।सम्पन्न भइसकेका परियोजनामध्ये हालसम्म छ वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरण भइसकेको, दुई परियोजनाको प्राधिकणबाट नियुक्त परामर्शदाताबाट पहिलो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरण भइरहेको र दुई परियोजनाको दोस्रोचरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरण भइरहेको छ । कूल रु पाँच अर्ब २६ करोड ९७ लाख ७० हजार रकममध्ये हालसम्म रु तीन अर्ब ३८ करोड ८७ लाख ब्रोडब्याण्ड परियोजनाका लागि सेवा प्रदायकलाई भुक्तानी गरिएको प्राधिकरणका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त परियोजना अन्तर्गत देशभरका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको हो ।उक्त परियोजनामा उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई समेटिएको छैन् ।

रासस

तपाइको प्रतिक्रिया

(Visited 72 times, 1 visits today)

आजको समाचार

राजनीति, डाह र डर

डाह वा इष्र्या मानिसको एक सामान्य भावना हो । यो भावना हरेक मानिसमा कुनै न कुनै रूपमा विद्यमान हुने गर्छ । फरक यति हो,...

‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’...

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक...

खाद्यमा खेलबाड गर्नेमाथि कडा कारबाही गर

पूर्ण सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको आफ्नो गोदाममा वर्षौंसम्म थन्किएर रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रीका...

सेनालाई राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न प्रधानमन्त्रीको निर्देशन

  काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता...

साताका लोकप्रिय समाचार

म्युजिक भिडियो ‘सोच्दैछु’ सार्वजनिक

काठमाडौं । म्युजिक भिडियो 'सोच्दैछु' सार्वजनिक भएको छ। सुजन अधिकारिको शब्द तथा स्वर रहेको गीतमा इन्द्र आरपीको संगीत सुन्न सकिन्छ। गीतलाई एरेन्ज सुरज साही...

किर्ते दस्तखत गरी अर्कैको नामको २७ लाख रुपैँया झ्वाम्

  इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको रोङ्ग गाउँपालिका वडा नं. ६ बस्ने ३३ वर्षीय...

स्मृति : त्यो अन्तिम आवाज

  निद्रामै थिएँ, म्यासेन्जरमा आएको घण्टीले ब्युँझायो । बिहानी ६ बज्नै लागेको रहेछ । हतारहतार सिरानीनिर राखेको फोन तानें । मनमा चिसो पस्यो । ‘कतै आमालाई...

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो...

नेकपा एसको बैठक सुरु

काठमाडौं । नेकपा नेकपा (एकीकृत समाजवादी) काे केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो । एकीकृत समाजवादी गठन...

ट्रेन्डिङ

पिसिआर शुल्क दुई हजार कार्यान्वयन गराउन निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को पिसिआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क रु दुई हजार कार्यान्वयन गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री...

सिद्धेश्वर महादेवमा फेरिए देउकेटा

दैलेख । दैलेखको दुल्लू नगरपालिका–२ को सिद्धेश्वर महादेव मन्दिरमा देउकेटा फेरिएका छन् । २०७७ मंसिरदेखि ७ वर्षीया बालक सुवास गिरी देवकेटा बनेका हुन् ।...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)