Thursday, September 16, 2021
Your Ads Here
Homeअर्थबीमा बापतको रकम हस्तान्तरण

बीमा बापतको रकम हस्तान्तरण

राजधानी समाचारदाता,
sharethis

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले दुर्घटना बापतको रकम हस्तान्तरण गरेको छ । इटहरीका पत्रकार विराट गौतम (अनुपम) लाई दुर्घटना बापतको सत्तरी हजार रुपैँया बुधबार हस्तान्तरण गरिएको हो ।

युनियन सुनसरी अध्यक्ष पवन अधिकारीका अनुसार प्रदेश १ का १४ वटै जिल्लाका युनियनका अध्यक्षसहित सुनसरीका तीन सय सञ्चारकर्मी गरी जम्मा तीन सय १४ जनाको दुर्घटना बीमा गरिएको थियो । ती मध्ये पहिलोपटक दुर्घटनामा परेर घाइते भएका पत्रकार अनुपमलाई दुर्घटना बापतको रकम हस्तान्तरण गरिएको उनले बताए । ‘प्रदेश १ मै पहिलोपटक पत्रकारहरुलाई यसरी दुर्घटना बीमा गर्नु र रकम दिनु नौलो सुरुवात हो,’ अधिकारीले भने, ‘पत्रकारका निम्ति काम गर्ने संस्थाले पहिलोपटक विशुद्ध बीमाबाट आएको रकम हामीले हस्तान्तरण गरेका हौँ ।’

६ दिन अघि अजोड इस्न्योरेन्सको केन्द्रीय कार्यालय काठमाडौँका सिईओ कुमारबहादुर खत्रीलाई दुर्घटना बिमित पत्रकारको डकुमेन्ट बुझाइएको थियो । अधिकारीका अनुसार यसअघि युनियनले जिल्लाका दुई सय ६० जना सञ्चारकर्मीको कोरोना बीमा समेत गरेको थियो । बिमित सञ्चारकर्मीमध्ये ४५ जनालाई कोरोना संक्रमण भएको थियो भने हालसम्म ३० जनाले एकलाखका दरले रकम समेत पाइसकेका छन् । ‘पहिलेको लटमै कोरोना लागेका तीनजनासहित १५ जनाको रकम आउन बाँकी छ,’ अधिकारीले भने, ‘सरकारबाटै पैसा रोकिएका कारण उपलब्ध नभएकाले वितरण गर्न पाइएको छैन, रकम आउने आश्वासन पाएका छौँ ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   १ असोजदेखि विद्यालय खोल्ने निर्णय फिर्ता, तत्काल विद्यालय नखुल्ने

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गर्दै युनियनले सराहनीय काम गरेको बताए । पत्रकारहरुको हितमा काम गर्नका निम्ति चाहेको अवस्थामा जसरी पनि गर्न सकिने उदाहरण सुनसरी युनियन भएको उनको तर्क छ ।

दुर्घटना बिमित पत्रकार विराट गौतम (अनुपम) ले पैसा बुझिसकेपछि युनियनले पत्रकारहरुको हितका निम्ति गरेको सकारात्मक कामको प्रशंसा गरे । ‘दुर्घटना बीमा मलाई आफैँ गर्न मन थियो, जागिर खाने मान्छेलाई दुर्घटना बीमा आवश्यक पर्छ भन्ने अनुभूत भएको छ,’ उनले भने, ‘दुर्घटना बीमा नगरेको भए ठूलो आर्थिक क्षति हुन्थ्यो, युनियनले यसरी पैसा दिनुले धेरै आर्थिक राहत भएको छ ।’

उनले व्यक्तिगत रुपमा वा अन्य संस्थामार्फत बीमा गरिएको भए प्रक्रिया लामो हुने र पैसा आउन पनि समय लाग्ने भएकाले आफ्नो डकुमेन्ट दिएको केही दिनमै युनियनले बीमा बापतको पैसा दिनुले खुशी भएको बताए । उनी गत वैशाख १६ गते समाचार संकलनका क्रममा लडेर घाइते भएका थिए ।

तपाइको प्रतिक्रिया

(Visited 74 times, 1 visits today)

आजको समाचार

भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

धनगढी । नेकपा एकlकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा बिहीबार...

श्रीमान् बेपत्ता भएपछि १७ वर्षे किशाेरकाे सम्बन्धबाट जन्मिएकाे शिशु हत्या अभियाेगमा पक्राउ

  बैतडी । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका–७...

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा...

बलिउडमा पारिश्रमिक विवाद, करिनाको स्थानमा कंगना

काठमाडौं । पछिल्लो समय बलिउडमा पारिश्रमिकको विषयमा चर्चा हुन थालेको छ । यसअघि यस किसिमको चर्चा नभएको होइन, तर यसपटक भने एकपछि अर्काे कलाकारले पारिश्रमिको...

संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो...

साताका लोकप्रिय समाचार

प्रेस काउन्सिलले घोषणा गर्‍यो विभिन्न पुरस्कार

  काठमाडौं । प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएका विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी...

युवतीकाे शंकास्पद मृत्यु, हत्या आशंका

  उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैरामा एक युवती आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् । कोठामा बाहिरबाट चुक्कुल लगाएको अवस्थामा २१ वर्षीया करिश्मा...

संसदीय दलको नेतामा पाण्डे , मुख्यमन्त्री शाक्यलाई समर्थन नगर्ने

  मकवानपुर । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको औपचारिकता पाएपछि आइतबार बसेको बागमती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेको छ । प्रदेशका...

ट्रेन्डिङ

हराएका सांसद कोभिड वार्डमा भेटिए

पाेखरा । गण्डकी प्रदेशमा  हराएका भनिएका सांसद खिमविक्रम शाहीको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको पुष्टि भएको छ । अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले सांसद...

लकडाउन हटेपछि सुटिङमा पल शाह

काठमाडौं । सामाजिक दूरी कायम गर्दै संगीतकर्मीहरूले म्युजिक भिडियोको छायांकन थालेका छन् । यसै लकडाउन खुलेसँगै सामाजिक दूरी कायम गरेर गायक सरोज ओलीले नयाँ...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)