Monday, September 27, 2021
Your Ads Here
Homeप्रमुखयूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

महेश्वर गौतम ,
sharethis

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ ।

यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंकापछि प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआइजी) वसन्त लामाको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान थालेको हो ।

एक दर्जन बढी प्रहरी निगरानीमा

गत १५ र १६ साउनमा प्रधान कार्यालय तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा यूएनमा जाने प्रहरी कर्मचारीका लागि परीक्षा सञ्चालन हुँदै थियो । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी हुँदै थिए ।

तर, १६ गतेको परीक्षा सुरु हुनु अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले रातारात नयाँ प्रश्नपत्रको सेट तयार गरेर परीक्षा सञ्चालन गर्नुपरेको थियो । सोही कारण परीक्षा निर्धारित समयभन्दा ढिला सुरु भएको थियो । तर, १५ गतेको परीक्षा भने पुरानै प्रश्नबाट भएको थियो । सो परीक्षाको भने प्रश्नपत्र आउट भए-नभएको खुलेको छैन ।

के कसरी कारण प्रश्नपत्र आउट भयो ? कोको संलग्न थिए ? भनेर अनुसन्धान हुँदै छ । केहीलाई निगरानीमा राखेका छौं, छिट्टै सत्यतथ्य ल्याउँछौं ।
वसन्त लामा, डीआईजी एवं छानबिन समिति संयोजक

प्रश्नपत्र लिक भएपछि प्रधान कार्यालयले यूएन शाखासँग जोडिएका प्रहरीमाथि निगरानी र सोधपुछ बढाइएको जनाएको छ । सो शाखाका केही प्रहरी भने नियन्त्रणमा समेत रहेको उच्च स्रोतको दाबी छ ।

छानबिन समितिले यूएन शाखाकै डीएसपी वासुदेव पाठक, तालिम केन्द्रमा कार्यरत अर्का डीएसपी रुपेश खड्का, प्रहरी निरीक्षक दिनेश पुनलगायतको संलग्नताको आशंकामा छानबिन गरिरहेको स्रोत बताउँछ । डीएसपी खड्का पनि परीक्षार्थी थिए । उनी केही समयअघिसम्म यूएन शाखामा नै कार्यरतसमेत रहेको बताइन्छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   खुल्यो मुक्तिनाथ मन्दिर, खाेप लगाएकाले पूजा गर्न पाउने

हाल प्रहरी प्रधान कार्यालयले कसरी प्रश्नपत्र बाहिरियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । सो विषयमा यूएनशाखा प्रमुख एसपी अनुपम राणासँगसमेत जानकारी मागिएको छ ।

अनुसन्धानको दायरामा लिइएका केही प्रहरी अधिकारीलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर १ मा आन्तरिक थुनामा राखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए । प्रश्नपत्र आउट भएपछि डीएसपी खड्कासहित आठ जना परीक्षार्थीले परीक्षा हुनुअगावै प्रश्नपत्र पाएको बताइन्छ ।

प्रधान कार्यालयबाट साइबर ब्युरोमा सरुवा भएका कुमार शाहको भाइबरमा प्रश्नपत्र भेटिएको अनुसन्धानमा खुल्न आएको छ । यस्तै, यूएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमको पनि सो प्रकरणमा संलग्नताको आशंका छ ।

छानबिन समितिको निष्कर्ष कुरौं, त्यसपछि केही कुरा आउँला, केही आए त्यहीअनुसार सिफारिस होला ।
वसन्त कुँवर, प्रवक्ता, नेपाल प्रहरी

घटनाको अनुसन्धान गर्न बनाइएको छानबिन समितिका संयोजक डीआईजी लामाले अनुसन्धान जारी रहेको र छिट्टै निष्कर्षमा पुग्ने जानकारी दिए ।

‘के कसरी कारण प्रश्नपत्र आउट भयो ? कोको संलग्न थिए ? भनेर अनुसन्धान हुँदै छ । केहीलाई निगरानीमा राखेका छौं, छिट्टै सत्यतथ्य ल्याउँछौं,’ प्रहरी प्रधान कार्यालयका डीआईजी लामाले राजधानीसँग भने ।

नेपाल प्रहरीका प्रवक्तासमेत रहेका सएसपी वसन्त कुँवरले प्रश्न पत्र आउट गर्नेहरूउपर के हुन्छ ? भन्ने प्रश्नमा छानबिन समितिको निष्कर्षका आधारमा टुंगो लाग्ने जानकारी दिए ।

‘छानबिन समितिको निष्कर्ष कुरौं, त्यसपछि केही कुरा आउला, केही आए त्यहीअनुसार सिफारिस होला,’ प्रहरी प्रवक्ता कुँवरले भने ।

तपाइको प्रतिक्रिया

(Visited 193 times, 1 visits today)

आजको समाचार

एक हजार ६०० जना कामका लागि इजरायल जान पाउने

  काठमाडाैं ।  नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक...

भारत सरकारद्वारा पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामग्री सहयोग

  सप्तरी, राजविराज । भारत सरकारले बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारका लागि पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामाग्रि उपलब्ध गराएको छ ।
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   आम निर्वाचनकै झल्को : सुनसरी कांग्रेसमा पौडेल पक्ष बलियो
आइतबार...

परराष्ट्रमन्त्री खड्काको शपथ संवैधानिक कि असंवैधानिक ?

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले लिएको पद तथा गोपनीयताको शपथ संवैधानिक कि असंवैधानिक हो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ । गत ६ असोजमा...

एमालेमा अब कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नपाउने सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकमा विभिन्न दस्तावेजमाथिको छलफलका क्रममा उपाध्यक्षको संख्या ७ पु¥याउनुपर्ने र पार्टी कार्यकारी पदमा दुई पटकभन्दा बढी...

आम निर्वाचनकै झल्को : सुनसरी कांग्रेसमा पौडेल पक्ष बलियो

  इटहरी । नेपाली कांग्रेस सुनसरीमा १२ वटा स्थानीय तहमध्ये दश वटा पालिकामा नयाँ कार्यसमिति चयन भएका छन् । शनिबार भएको मतदान र आइतबार बिहानसम्म...

साताका लोकप्रिय समाचार

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

  काठमाडाैं ।  पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन...

कोभिड–१९ को ब्रेकथ्रु संक्रमण

  कोरोना संक्रमण बढिरहेका बेला तथा खोपको आयात यथेष्ट भएपछि सरकारले साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनायो । सप्ताहमा जापानबाट आउने ८ लाख...

एक हजार ६०० जना कामका लागि इजरायल जान पाउने

  काठमाडाैं ।  नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक...

नेकपा एकीकृत समाजवादीको कार्यभार र चुनौती

  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको प्रथम बैठक हालै सम्पन्न भएको छ । बैठकले समाजवादी बाटोमा मुलुकलाई अगाडि बढाउने राजनीतिक कार्यदिशाका साथ...

नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज बिहीबार पनि बस्दै छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३...

ट्रेन्डिङ

लकडाउन खुकुलो बनाउनु आवश्यक

कोरोना महामारीले निम्त्याएका जनजीविकाका समस्या एकपछि अर्को गरी विकराल बन्दै गएकाले अब प्रकृतिमा लकडाउनमा केही हेरफर र परिमार्जन जरुरी हुन गएको छ । करिब...

सलह प्रभावको अर्को संकट

किसानहरूले मानो रोपेर मुरी फलाउने तयारी गरिरहँदा अन्नबालीको मुख्य शत्रुका रूपमा रहेको सलह कीरा एकाएक नेपालमा प्रवेश गरेपछि आमकिसान चिन्तित र निराश बनेका छन्...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)