Thursday, September 16, 2021
Your Ads Here
HomeBreaking News४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

प्रशान्त वली,
sharethis

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण नियन्त्रणमा सरकारले प्रभावकारी कदम नचाल्ने हो र सर्वसाधारणले पनि घोषित मापदण्ड पालनामा गम्भीर नहुने हो भने मुलुक संक्रमणको तेस्रो लहरमा प्रवेश गर्ने चेतावनी दिइसकेको अवस्थामा पछिल्ला दिनमा बढ्दै गएको संक्रमितको ग्राफले फेरि एकपटक अप्रिय अवस्था आउन सक्ने देखिएको छ ।

कोरोनाको तेस्रो लहरको संघारमा नेपाल

कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा बुधबार भने ४ हजार नाघेको छ । बुधबार मात्रै ४ हजार १ सय ७ जना संक्रमित थपिएका छन् । यो भनेको ४२ दिनपछिकै सबैभन्दा धेरै हो । गत ८ असारमा १२ हजार २ सय ४ जनाको आरटीपीसीआर र ४ हजार ७ सय ९ जनाको एन्टिजेन परीक्षणका क्रममा ४ हजार ५ सय २२ जना संक्रमित थपिएका थिए । त्यसयता संक्रमणदर स्थिर रहँदै आएको थियो ।

बुधबार भने ११ हजार ३ सय ५४ जनाको पीसीआर र ४ हजार ९ सय ४४ जनाको एन्टिजेन गरी १६ हजार २ सय ९८ जनाको परीक्षण गर्दा ४ हजार १ सय ७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार गत २४ घण्टामा पीसीआर परीक्षण गरिएका मध्ये २६.२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । उनले भने, ‘यो संख्या निकै धेरै हो । संक्रमण कायम रहेको छ । हेलचेक्र्याइँ नगरौं ।’

– जनस्वास्थ्यका मापदण्ड कागजमै सीमित
– अस्पतालबाटै संक्रमण फैलिने खतरा
– अझै खटाइएनन् स्थानीय तहमा जनस्वास्थ्य निरीक्षक
– पूर्णखोप सबैले नपाउनु र हेलेचेक्र्याइँ नै जोखिमको कारक

यस्तै, कर्णाली, गण्डकी र प्रदेश १ मा संक्रमण दर उच्च रहेको डा. अधिकारीले बताए । कर्णाली प्रदेशमा ५७ दशलमव ३ प्रतिशत, गण्डकी प्रदेशमा ४४ प्रतिशत र प्रदेश १ मा ३२ प्रतिशत नमुनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमणदर बढ्नुको कारण हेलचेक्र्याइँ भएको जनस्वास्थ्य विज्ञ बताउँछन् । सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन हुन सकेको छैन । अहिले पनि भेला, सम्मेलन, जुलुस भइरहेका छन् । बजारमा किनमेल गर्नेहरूको भिड बढ्न थालेको छ । सार्वजनिक यातायात र सरकारी कार्यालयमा भौतिक दूरी कायम हुन सकेको छैन ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

यस्तै, अस्पतालहरूमा कोरोनाविरुद्धको खोप लगाउनेदेखि खोप प्रमाणीकरण गर्ने र पीसीआर परीक्षण गर्नेहरूको भिड छ । बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुग्दा त्यहाँ खोप प्रमाणीकरण गर्नेको घुइँचो थियो । यस्तै, ओपीडी सेवा लिनेहरूको पनि भिड थियो । खोप प्रमाणीकरणका लागि पुगेका प्युठान खलगांका रमेश धितालले भने, ‘के गर्नू अब प्रमाणीकरण नगरे विदेश जान नपाइने ? कम्तीमा अनलाइनबाट प्रमाणीकरण गर्ने व्यवस्था गरे हुने नि ।’

यस्तै, १६ वटा जिल्लामा ५ सय बढी उपचारार्थ सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा मोरङ, सुनसरी र झापा, बाग्मती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक र नुवाकोटमा संक्रमण दर उच्च रहेको छ ।

यस्तै, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, लुम्बिनी प्रदेशको रूपन्देही र कर्णाली प्रदेशको सुर्खेतमा ५ सयभन्दा धेरै उपचाररत संक्रमित छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भौतिक दूरी कायम हुन नसक्नु, मास्कको समुचित प्रयोग नहुनुले पनि कोरोना जोखिम बढेको बताउँछन् । यस्तै, आमनागरिकले खोप समयमा नपाउँदा पनि जोखिम कायम छ ।

कोरोना संक्रमण समुदायस्तरमा नै फैलिन थालेको छ । तर, कन्ट्रयाक्ट ट्रेसिङ सुस्त गतिमा हुँदा कोरोना महामारी नियन्त्रण अभियान सकस बनेको जनस्वास्थ्य विज्ञ बताउँछन् । नेपाल जनस्वास्थ्य संघका सचिव दीपेन्द्र खड्काले समुदाय तथा पालिकास्तरमा महामारी नियन्त्रण तथा रोकथामका रणनीतिलाई प्रभावकारी बनाउन ढिलाइ भइरहेको बताए । उनले तत्काल जनस्वास्थ्य निरीक्षक नियुक्ति गर्न सरकारसँग माग गरे ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

सरकारले कोभिड–१९ महामारी प्रतिकार्यका लागि प्रत्येक स्थानीय तहमा जनस्वास्थ्य निरीक्षक परिचालन गर्न मन्त्रिस्तरको निर्णयबाट कार्यविधि पारित गरेको थियो । तर, अहिलेसम्म पनि जनस्वास्थ्य निरीक्षक पदपूर्ति हुन सकेका छैनन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जनस्वास्थ्य निरीक्षक परिचालन सन्दर्भमा प्रक्रिया अघि बढेको बताए ।

तपाइको प्रतिक्रिया

(Visited 396 times, 1 visits today)

आजको समाचार

केपी ओलीलाई अष्टलक्ष्मीका चार सुझाव

  काठमाडौं । एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले फुट र जुटको अनुभव भएको एमाले सुदृढ बनाउन चारवटा सुझाव दिएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा...

भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

धनगढी । नेकपा एकlकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा बिहीबार...

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको...

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार नजिक

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणवाट ज्यान गुमाउनेको संख्या एघार हजार नजिक पुगेको छ । बुधबारसम्म १० हजार ९ सय ९१ जनाको कोरोना भाइरस...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

साताका लोकप्रिय समाचार

प्रचण्ड असल बाबु, काका, ससुरो, सम्धी हुन्, तर उनी धोकेबाज र छट्टु नेता हुन् : ओली

  काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि आक्रोश पोखेका छन् । गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन...

१ असोजदेखि विद्यालय खोल्ने निर्णय फिर्ता, तत्काल विद्यालय नखुल्ने

  काठमाडौं । जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ । अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन...

सीताका दुख : ससुरा र श्रीमान्‌ले कुटे प्रहरीले कुरै सुनेर

  काठमाडौं । दुई महिनाअघि अदालतबाट अन्तरजातीय विवाह गरेकी सीता पटेल दाइजो नल्याएको निहुँमा श्रीमान् र ससुराबाट कुटिएको भन्दै न्याय खोज्न काठमाडौं आएकी छन् । प्रहरीबाट...

बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एक यात्रुको मृत्यु, तीन घाइते

  बैतडी । बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका-८ झौलेकमा गुडिरहेको सुप.प्र.२००१ ख ११५६ बसमा मंगलबार बिहान सडकमाथिबाट ढुंगा खसेको...

पताया र फुकेटकाे याैनबजार सुनसान, १ लाख याैनकर्मी प्रभावित

  फुकेट । थाइल्यान्डको पताया सहरको वाकिङ स्ट्रिट महत्वपूर्ण रेडलाइट जिल्ला हो । तर, अन्नाका लागि भने यसले धेरै ठूलो अर्थ राख्छ । किनिक यो उनका...

ट्रेन्डिङ

जनता आवास कार्यक्रम प्रति मन्त्री साहको चासो

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले जनता आवास कार्यक्रम प्रति चासो व्यक्त गरेका छन् । मन्त्री साहले बुधबार विशेष चासो राख्दै मन्त्रालयमा जनता...

ठूला व्यापारी र उद्योगीकै मिलेमतोमा चिनीमा कालोबजारी

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा चिनीमा चरम कालोबारी हुन थालेको छ । ठूला व्यापारी र चिनी उद्योगीको मिलेमतोमा कृत्रिम अभाव देखाएर चिनीमा चरम कालोबारी...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)