Thursday, September 16, 2021
Your Ads Here
Homeबिचारतेस्रो लहरविरुद्ध डटौं

तेस्रो लहरविरुद्ध डटौं

राजधानी समाचारदाता,
sharethis

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै तेस्रो लहर भित्रिएको हुन सक्छ । त्यसैले अब साँच्चै नै विशेष सर्तक हँुदै सावधानी अपनाउनुपर्छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले तेस्रो लहर सुरु भइसकेको हुँदा यसलाई थेग्न सम्बन्धित अभिभावक निकाय सतर्क हुनुपर्ने कुरा आंैल्याइरहेको छ । हाल टेकु अस्पतालका बेडमा कोरोना संक्रमित बिरामी खचाखच भरिएका छन् । अस्पतालका निर्देशकले यसलाई तेस्रो लहर सुरु भएको संकेतका रूपमा आफूहरूले सामना गरिरहेको बताएका छन् । पछिल्लो एक सातादेखि नै टेकुलगायत अन्य अस्पतालमा संक्रमित बिरामीको चाप बढ्न थालिसकेको थियो । भर्खरै मात्र काठमाडौं उपत्यकामा निषेधाज्ञा थप लम्ब्याए पनि त्यो निर्णय दोस्रो लहरको बढ्दो प्रभावका आधारमा लिइएको थियो । अब परिस्थितिले कोल्टे फेरिसकेको छ । निषेधाज्ञा, स्मार्ट लकडाउन वा लकडाउन आदि कुरा चर्चामा आइरहेका छन् । अर्कोतिर अस्पतालमा कोरोना उपचारका लागि छुट्याइएका बेड खाली छैनन् । कोरोना कक्ष र स्थान विस्तारका लागि स्थान अभाव छ । नेपालको एक मात्र सरुवा रोग अस्पताल टेकुमा संक्रमितका लागि बनाइएको वार्डमा छुट्याइएका ४० वटै बेडमा बिरामी टन्न भरिइसकेका छन् ।

त्यहाँ अहिले इमर्जेन्सी तथा गम्भीर बिरामीका लागि भनी बनाइएको २४ बेडको आईसीयू कक्षमा २३ जना जटिल अवस्थाका संक्रमित बिरामीको उपचार भइरहेको छ । यीमध्ये २० भन्दा बढी बिरामी भेन्टिलेटरको सहायतामा बाँचिरहेका छन् । उपत्यकाका अन्य अस्पताल पनि भरिभराउ हुन थालेका छन् । कतिपय अस्पतालले त अब कोरोना संक्रमित बिरामीको उपचारका लागि बेड नै नभएको सार्वजनिक घोषणा गरिरहेका छन् । बिरामीका लागि अभाव हुने गरेको अक्सिजन अहिले पनि बजारमा अभाव नै छ । उता थप संक्रमित बिरामी आउँदा तिनको उपचारका लागि अस्थायी टहरामा र बेड बनाएर उपचार थालिएको छ । बिरामीका लागि डाक्टर र नर्सहरू पर्याप्त मात्रामा छैनन् । अबका दिनमा अस्पतालमा उपलब्ध उपकरणले पनि आगामी कामलाई गति दिनेछैन । महामारीले च्याप्दै लगेको अनुपातमा उपकरण, औषधि तथा आवश्यक सामग्रीको जोहो समयमै गरिनुपर्छ । अर्कोतिर, संक्रमण उपचारको अग्रमोर्चाका खटिरहेका लागि आवश्यक भौतिक तथा अन्य सेवासुविधा प्रदान गर्ने प्याकेज कार्यक्रमको घोषणा गरिनुपर्छ । बिरामीका लागि खोप तथा अन्य आवश्यक औषधिको मूल्य निर्धारण, अनुगमन, निरीक्षण र मूल्यांकन गरिनुु जरुरी हुन गएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   वर्तमान सरकार र जनअपेक्षा

हालका लागि देशमा उपलब्ध खोप विस्तार, अन्य अपुग खोप आयातका लागि निरन्तर पहल, अनुदान खोप ल्याउन प्रभावकारी कूटनीतिक वार्ता र खरिद गरेर ल्याउने खोपका लागि खरिद प्रक्रिया शीघ्रातिशीघ्र अघि बढाउनुपर्छ । यो निकै जरुरी पनि छ । अर्कोतिर महामारीविरुद्धको लडाइँ सरकारवादी लडाइँ मात्र होइन, जनताको आफ्नै लडाइँ पनि हो । यो आफैंमा महामारीविरुद्ध सार्वजनिक लडाइँ पनि हो । जसमा जनताको स्वसहभागिता निर्णायक हुन आउँछ । त्यसैले जनताले पनि कोरोना महामारीको पहिलो लहर आउँदा अपनाइनुपर्ने सतर्कतामा जेजस्ता गल्ती गरेका थियौं । तिनै गल्ती दोह¥याइरहेकाले दोस्रो लहरपछि पनि यो हालत बेहोर्नुपरेको कुरा निकै गहिराइका साथ मनन गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया

(Visited 111 times, 1 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक थलो बनाऔं

आजको समाचार

महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

काठमाडौं । अबको तीन सातापछि दसैं सुरु हुन्छ । दसैं अर्थात् अधिकांश नेपाली जनताको प्रमुख चाड । दसैंपछि लगत्तै सुरु हुन्छ तिहार, त्यसपछि छठ...

पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत...

ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जनतालाई उत्तेजित बनाउन कार्य नगर्न सरकारलाई चेतावनी दिएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले...

धावक धर्मले बर्लिन म्याराथन खेल्ने

काठमाडौं । नेपाली धावक धर्म महर्जनले विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् । उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । बैकुण्ठ...

साताका लोकप्रिय समाचार

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो …

  महाराष्ट्र । भारतमा एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई...

अफगान विश्वविद्यालयमा अब छात्रछात्रा सँगै पढ्न नपाउने

काबुल । अफगानिस्तानका विश्वविद्याययमा महिला र पुरषका लागि छुट्टै कक्षा सञ्चालन हुने भएको छ । शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिलाले पढ्न पाउने भए...

एमसिसीको विरोध आवश्यक छैन : डा. बाबुराम भट्टराई

  सिन्धुली । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) को विषयमा बहस आवश्यक नरहेको...

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या

  दैलेख । दैलेखमा घाँटी रेटेर एकजनाको शिक्षकको हत्या गरिएको छ । सोमबार राती गुराँस गाउँपालिका–८ मालिका मावि ४३ बर्षिया नगेन्द्र विसीको विद्यालयमै घाँटी रेटेर...

धावक धर्मले बर्लिन म्याराथन खेल्ने

काठमाडौं । नेपाली धावक धर्म महर्जनले विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् । उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । बैकुण्ठ...

ट्रेन्डिङ

४३ वर्षीया महिलामा कोरोनाविरुद्धको पहिलो परीक्षण खोप

न्योयोर्क । अमेरिकी अनुसन्धानकर्ताहरूले ४३ वर्षीया महिलालाई कोरोना भाइरसको प्रयोगात्मक खोप लगाएका छन् ।सिएटलस्थित कैसर परमेन्ट वाशिंगटन रिसर्च इन्स्टिच्यूटका वैज्ञानिकहरूले ती महिलालाई खोप लगाएका...

दाङको बेलझुण्डीबाट कोरोना निको भएर ८ जना घर जाँदै

तुलसीपुर । कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आज ८ जना कोरोना संक्रमित निको भएर घर जाँदैछन् । दुई पटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)