मुख्य सचिवको १० महिना ‘उपलब्धिमूलक कार्य’

काठमाडौं । मुख्य सचिव शंकरदास वैरागीले १० महिने अवधिमा १५ महत्वपूर्ण कार्य सम्पन्न गरेको बताएका छन् । उनी १५ असोज गत २०७७ मा मुख्य सचिवमा नियुक्त भएका हुन् । सञ्चारकर्मीसँग बिहीबार कुराकानी गर्दै मुख्य सचिव वैरागीले विगतमा रोकिएका बैठक थालनीसहित महत्वपूर्ण निर्णय कार्यान्वयनमा ल्याएको दावी गरे ।

कोभिड व्यवस्थापन तथा विदेशबाट भ्याक्सिन ल्याउनेक्रममा ‘सार्थक कुटनीतिक’ प्रयास गरिएको उनले उल्लेख गरे । वैरागीका अनुसार सरकारले कोभिड–१९ संकट व्यहोरिरहेकामध्ये लक्षित वर्गलाई धमाधम खोप लगाउने कार्य जारी राखेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी चैतभित्र ‘सबै नेपालीलाई खोप लगाउने’ प्रतिबद्धताअनुसार प्रशासन संयन्त्र परिचालन गरिएको वैरागीले जानकारी दिए । ‘कोभिड व्यवस्थापनका लागि आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण प्राप्ति, उपयोग तथा खोप आपूर्ति व्यवस्थापनका लागि प्रशासनिक समन्वय तथा कुटनीतिक माध्यम परिचालन गरेका छौं,’ वैरागीले सञ्चारकर्मीसँग भने, ‘सबै नागरिकलाई खोप पु¥याउन युद्धस्तरमा खटेका छौं ।’

सहजीकरण समिति बैठक नियमित राखेर अन्तरनिकाय समन्वय गरिएको बताउँदै उनले कोभिड–१९ व्यवस्थापनका लागि गरिएका कामकारबाही नियमित सार्वजनिक गर्ने गरिएको जानकारी पनि दिए । यस अवधिमा सरकारका सचिव तथा प्रदेश प्रमुख सचिव बैठक नियमिततासहित मन्त्रालय तथा प्रदेशका समस्या समाधानका लागि आवश्यक कार्ययोजना बनाउने गरिएको सुनाए ।

मुख्य सचिव वैरागीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र त्यसअन्तर्गतका निकायका विशिष्ट तथा प्रथम श्रेणीका अधिकृतसम्मिलित विस्तारित उच्च व्यवस्थापन समूह (इएसएमटी) बैठक मासिक रूपमा गर्ने प्रणाली विकास गरिएको छ । केन्द्रीय अनुगमन समिति बैठक नियमित राखी सुशासन र सेवा प्रवाहमा प्रभावकारिता ल्याउन आवश्यक पहल गरिएको पनि उनले जानकारी दिए ।

डिजिटल नेपाल फ्रेमवर्क प्रभावकारी कार्यान्वयनका लागि सक्रियता बढाइएको, पत्राचार पूर्ण ‘ अफिस अटोमेसन’ प्रणालीबाट गर्न सबै निकायलाई समन्वय गरी प्रभावकारिता ल्याइएको छ । एकाइसौं शताब्दीका चुनौती सामना गर्न सक्ने पेशागत तथा प्रतिस्पर्र्धी निजामती सेवा विकासका लागि जनशक्ति प्रक्षेपण तथा व्यवस्थापन योजना तयार गरिएको मुख्य सचिव वैरागीले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

दिपक भट्टको कम्पनीमा श्रीमतीको सेयर रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुरद्वारा स्वीकार