Monday, September 27, 2021
Your Ads Here
Homeअन्तर्वार्ताकोभिड अस्पताललाई सुविधासम्पन्न अस्पतालका रुपमा विकास गर्दैछौं : नगर प्रमुख सुवेदी

कोभिड अस्पताललाई सुविधासम्पन्न अस्पतालका रुपमा विकास गर्दैछौं : नगर प्रमुख सुवेदी

राजधानी समाचारदाता,
sharethis

 

कर्णाली प्रदेशको राजधानी रहेको नगरपालिका हो, वीरेन्द्रनगर नगरपालिका । प्रदेशकै बढी जनसंख्या भएको यो नगरपालिकामा सम्भावनासंगै चुनौतिहरु पनि उत्तिकै छन । सीमित स्रोत साधनका बाबजुत नगरपालिकाले सहरी विकासका विभिन्न योजना कार्यान्वयन गर्नु साथै कोरोना महामारीको चपेटामा परेका नगरबासीको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । नगरको समग्र स्वास्थ्य अवस्था, कोभिड १९ को रोकथाम, उपचार लगायतका विषयमा केन्द्रीत रहेर नगर प्रमुख देवकुमार सुवेदीसंग गरिएको कुराकानी :

वीरेन्द्रनगरमा कोभिड १९ को अवस्था के छ ?

वीरेन्द्रनगर प्रदेश राजधानी सहर भएकाले यहाँ अलि बढी समस्या छ । हाल सक्रिय संक्रमित २७५ जना छन् । उनीहरुमध्ये अधिकांश होम आइसोलेशनमै बस्नुभएको छ । गम्भीर लक्षणसहितकालाई अस्पतालमा राखिएको छ । पछिल्लो समय पुनः कोरोना संक्रमण दर बढ्न थालेपछि परीक्षणलाई पनि फराकिलो बनाइएको छ । नगरपालिकाले प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार बिहान ७ बजेदेखि र दिउँसो २ बजेदेखि कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको छ ।

कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारको तयारी कस्तो छ ?

वीरेन्द्रनगर नगरपालिकाले कोभिड १९ लाई मध्यनजर गर्दै साबिकको कटकुवा स्वास्थ्य चौकीलाई नगर कोभिड अस्पतालको रुपमा स्तरोन्नति गरी सेवा सञ्चालन गरिसकेको छ । नगरपालिका १ देखि १६ वडासम्म समुदायस्तरमा समेत कोरोना परिक्षण, संक्रमितको निगरानी, किट वितरण भइरहेको छ । कोरोनाविरुद्धका सबै खोपहरु आधारभूत स्वास्थ्य केन्द्र र नगरपालिकाको स्वास्थ्य शाखामाफर्त प्राथमिकताको आधारमा लगाइएको छ । हालसम्म क २५ हजार ५०० बढी नगरबासीलाई कोरोनाविरुद्धको खोप दिइसकेका छौं । अक्सिजन अभावलाई मध्यनजर गर्दै नगर अस्पतालमा नगरपालिकाले प्रदेश सरकार र चौधरी गु्रपको सहकार्यमा अक्सिजन प्लान्ट जडानको कार्य अघि बढाएका छौं ।

नगरपालिकाले गत वर्षदेखि २२ वटा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सञ्चालन गरेको छ । जुन कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । प्रत्येक वडामा पाठेघरको क्यान्सरको स्क्रिनिङ गरी एक हजार ३३५ जनालाई सेवा समेत दिइएको छ

कोरोनाको सम्भावित तेस्रो लहरमा झन जोखिम निम्तिन सक्ने खतरा भएकाले मास्कको प्रयोग, भीडभाड निरुत्साहन लगायतका जनचेतनामुलक क्रियाकलापहरु टोलटोलमा भइरहेका छन् । वडाका जनप्रतिनिधि, कर्मचारीहरु र टोल समितिका पदाधिकारीहरुलाई यस कार्यमा जिम्मेवारी बनाइएको छ । प्रशासनले गरेको निषेधाज्ञालाई प्रभावकारी रुपले कार्यान्वयन गर्न नगरपालिकाले साथ सहयोग गरिरहेको छ, कोभिड सेल्फ हेल्प समूहसंग सहकार्य गरेर बिरामीको उद्धार, उपचार, शव व्यवस्थापन लगायतका कार्य गरिरहेका छौं ।

संक्रमितको उपचारका लागि नगर अस्पताल, लाटीकोइली स्वास्थ्यचौकीलाई विशेषज्ञस्तरको सुविधा दिएर सञ्चालन गरेका छौं । अलि जटिल प्रकृतिका बिरामीलाई तत्कालै प्रदेश अस्पताल रेफर गर्ने गरिएको छ । अहिलेसम्म नगर अस्पतालबाट २१७ जना संक्रमितले सेवा लिएका छन् । संक्रमितलाई तत्काल उद्धार गर्न चौबिसै घण्टा दुई वटा एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । तीनले अहिले पनि सेवा प्रदान गरिरहेका छन् ।

नगरमा अन्य स्वास्थ्यका पूर्वाधारहरु के छन् ?

हामी निर्वाचित भएर आउनुभन्दा अगाडि यहाँ नगरको आफ्नै स्वास्थ्य संरचना एकदम न्यून थियो । भएका स्वास्थ्यचौकीहरु जीर्ण थिए । तीनबाट आधारभूत तहको सेवा प्रवाह भइरहेको थियो । तर अहिले चार वर्षको अवधिमा हामीले स्वास्थ्य पूर्वाधारमा ठूलो विकास गरेका छौं । कटकुवा स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरी त्यहाँ विशेषज्ञ सेवासहितको नगर अस्पताल स्थापना गरेका छौं । अहिले त्यहाँ कोभिड १९ विशेष सेवा दिइरहेका छौं । आवश्यक उपकरणहरु जडान गर्दैछौं । लाटीकोइली स्वास्थ्यचौकीमा पनि विशेषज्ञ चिकित्सकबाट बिरामीको परीक्षण र उपचार शुरु गरिएको छ । त्यहाँ पनि स्तरवृद्धि गरी अन्य स्वास्थ्य उपकरण र जनशक्तिको व्यवस्थापनलाई जोड दिएका छौं । त्यस्तै, वडा नं १, ३, ४, ५, ६, ८, १० र ११ मा सहरी स्वास्थ्य चौकीको भौतिक पूर्वाधार निर्माण गरी आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न थालिएको छ । यी सबै नयाँ बनेका भवन हुन् । त्यहाँबाट स्वास्थ्य सेवाका सबै प्रकारका कामहरु गर्न थालिएको छ ।

नगरपालिकाको बजेटले स्वास्थ्यसम्बन्धी के कस्ता कार्यक्रलाई सम्बोधन गरेको छ ?

नगरपालिकाले गत वर्षदेखि २२ वटा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सञ्चालन गरेको छ । जुन कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । प्रत्येक वडामा पाठेघरको क्यान्सरको स्क्रिनिङ गरी एक हजार ३३५ जनालाई सेवा समेत दिइएको छ । नगर क्षेत्रका सबै आधारभूत स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा, खोप कार्यक्रम, निशुल्क औषधि वितरण, पोषण, आमा सुरक्षा कार्यक्रम र परिवार नियोजनसम्बन्धी सेवाहरु नियमित सञ्चालन भइरहेका छन् ।

अन्तिममा केही भन्नुछ ?

स्थानीय तहको निर्वाचनमा मैंले स्वास्थ्य क्षेत्रमा अघि सारेका प्रतिवद्धताहरु अधिकांश पुरा भएका छन् । केही पुरा हुने चरणमा छन् । नगरमा १५ शैयाको अस्पताल निर्माणका लागि पहल भइरहेको छ । सहरी स्वास्थ्य चौकी नबनेका वडाहरुमा पनि चालू आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य छ । कोही पनि नगरबासीले उपचार अभावमा ज्यान गुमाउन नपरोस भनेर हामीले सजगताका साथ स्वास्थ्य संरचना, उपकरण र जनशक्तिको व्यवस्थापन गरिरहेका छौं ।

 

 

तपाइको प्रतिक्रिया

(Visited 137 times, 1 visits today)

आजको समाचार

धनकुटामा एकीकृत समाजवादीका अधिकांस पदाधिकारी र सदस्यहरु नै ‘गोप्य’

  धनकुटा । नेकपा एमाले बिभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को शनिवार सम्पन्न प्रथम धनकुटा नगर भेलाले सुजन भाई जोशीको अध्यक्षतामा नगर कमिटी गठन...

एमालेमा अब कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नपाउने सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकमा विभिन्न दस्तावेजमाथिको छलफलका क्रममा उपाध्यक्षको संख्या ७ पु¥याउनुपर्ने र पार्टी कार्यकारी पदमा दुई पटकभन्दा बढी...

मन्त्रिपरिषद् विस्तार कहिले ? नैराश्यता बढ्दै

काठमाडौं । सरकारी संयन्त्रलाई चुस्त दुरुस्त बनाउने र जनताप्रति उत्तरदायी बन्नुपर्ने सरकार राजनीतिक किचलोको सिकार बन्दै गएको छ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलबीच सरकार...

खुल्यो मुक्तिनाथ मन्दिर, खाेप लगाएकाले पूजा गर्न पाउने

मुस्ताङ ।  मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते...

परराष्ट्रमन्त्री खड्काको शपथ संवैधानिक कि असंवैधानिक ?

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले लिएको पद तथा गोपनीयताको शपथ संवैधानिक कि असंवैधानिक हो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ । गत ६ असोजमा...

साताका लोकप्रिय समाचार

पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

  गुल्मी । गुल्मीमा पहिरोल घर पुिरदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –८ थुम्कामा तिलक परियारको घर पुरिदा उनकी छोरीहरु २१...

सरकार गाैतम बुद्ध विमानस्थल निर्माणमा बिलम्ब गर्दैछ : विष्णु पाैडेल

  काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब गरे मान्य नहुने बताएका छन् । उनले...

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा...

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडाैं । सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात...

मतभेदभन्दा मनभेद जोखिम

जीवहरूमध्ये मानिस विशिष्ट प्राणी हो । मानिसको मस्तिष्कअन्य प्राणीको तुलनामा निकै विकसित छ । उसले औपचारिक, अनौपचारिक एवं अनियमित शिक्षाबाट ज्ञान प्राप्त गर्छ ।...

ट्रेन्डिङ

भोजपुरका एक युवकको कोरोना रिपोर्ट पोजेटिभ

भोजपुर । भोजपुरमा एक युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवकको आज (मंगलबार) द्रुत परिक्षण विधि (आरडीटी)बाट जाँच...

९,८४१ काेराेना संक्रमणमुक्त, ९६ जनाकाे मृत्यु

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो । स्वास्थ्य...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)