साफ माल्दिभ्समा हुने

काठमाडौं । दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को सोमबार बसेको बैठकले अक्टोबरमा हुने साफ माल्दिभ्समा गर्ने निर्णय गरेको हो ।

यसअघि साफले नेपाललाई साफ आयोजनाका लागि आधिकारिक प्रस्ताव गरे पनि अन्तिम समयमा माल्दिभ्सले आयोजना अधिकार पाएको हो । यसअघि बंगलादेशमा हुने तय थियो । बंगलादेशले कोरोना महामारीका कारण र प्रायोजक पनि नपाएको भन्दै आयोजना अधिकार फिर्ता लिएको थियो । त्यसपछि नेपाल र माल्दिभ्सले आयोजनाको लागि दावेदारी पेस गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले साफ आयोजनाको प्रक्रिया अघि बढाउन निर्देशन दिएको र यसमा सरकारको आवश्यक सहयोग रहने बताएको थियो ।

प्रधानमन्त्रीकै आश्वासनपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ आयोजना गर्ने दाबी प्रस्तुत गरेको थियो । तर, नेपालमा कोरोना संक्रमणदर घट्ने क्रम नदेखिएपछि साफले माल्दिभ्सलाई आयोजना अधिकार प्रदान गरेको हो । नेपालले सन् २०१३ मा साफ आयोजना गरेको थियो । हाललाई प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना गर्ने निर्णय भएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । उनले स्वास्थ्य मापदण्ड मध्यनजर गर्दै तालिकामा केही फेरबदल हुन सक्ने बताए । साफमा ५ राष्ट्र सहभागी हुने भनिए पनि भुटानले समेत सहभागी हुने सम्भावना बढेको छ ।

भुटान सरकारले साफमा सहभागी हुन सकारात्मक छलफल गरेकाले ३ दिनमा भुटानले यकिन निर्णय दिने भएको छ । प्रतिबन्ध खेपिरहेको पाकिस्तान साफमा भने सहभागी हुने छैन । गत संस्करण बंगलादेशमा माल्दिभ्सले उपाधि जितेको थियो । नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग पराजित भएको थियो । नेपाल हालसम्म फाइनल पुग्न सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

काठमाडौं उपत्यकामा आन्दोलन चर्किएपछि सेना परिचालन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीकाे बरहथवा मेयरमा कटुवाल निर्वाचित