तालिवान लडाकु काबुल प्रवेश, शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि वार्ता जारी

 

एजेन्सी । तालिवान लडाकूहरु अफगानिस्तानको राजधानी कावुलमा प्रवेश गरेका छन् । लडाकु काबुल प्रवेश गरे लगत्तै राष्ट्रपति अर्सफ घानीले आपतकालिन बैठक बोलाएका छन् ।

गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले शान्तिपूर्ण सत्ता हस्तान्तरण हुने बताएका छन् ।

रोयटर्सले उच्च अधिकारीहरुलाई उद्वृत गर्दै तालिवानी लडाकु चारैतिरबाट काबुलमा प्रवेश गरिरहेको जनाएको छ । तर विस्तृत विवरण दिइएको छैन ।

कावुलको ’round विभिन्न स्थानमा गोली चलेको आवाजहरु सुनिएका छन् । तर, अहिलेसम्म राजधानी शहर सुरक्षा फौजकै कब्जामा रहेको जनाइएको छ ।

अमेरिकी अधिकारीहरुले आफ्नो दूतावासका कर्मचारीहरुलाई हेलिकोप्टरबाट उठाएर एयरपोर्टतर्फ लगेको जनाएका छन् ।

तालिवानका एक अधिकारीले रोयटर्सलाई आफूहरुले हताहति नचाहेको बताएका छन् । तर, अहिलेसम्म उसले युद्धविरामको घोषणा गरेको छैन ।

आइतबार बिहानै लडाकुहरुले कुनै मुठभेडबिना जलालबादको पूर्वी शहर कब्जा गरे । यसले भूपरिवेष्ठित देशको एउटा मूख्य राजमार्गमा उनीहरुको नियन्त्रण कायम भएको छ । उनीहरुले पाकिस्तानसँग जोडिएको तोर्खाम सीमा नजिक पनि उनीहरुले कब्जा जमाएका छन् ।

 

तपाइको प्रतिक्रिया
(Visited 365 times, 1 visits today)

epaper

ताजा समाचार

‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’