०११ सालदेखी गएको पहिरो अझै रोकिएन

रामेछाप । रामेछापको मन्थली नगरपालिकामा पर्ने घ्याप्चे पहिरोको कारण नगरपालिकाको वडा नं. ४ गैराथोक र वडा नं. ३ अर्चलेमा रहेका बस्ती जोखिममा परेका छन् । वि.स. २०११ सालदेखि जान थालेको घ्याप्चे पहिरोको कारण कयौं घर परिवार विस्थापित भइसकेका छन् भने हाल १० घर पूर्ण जोखिममा परेका छन् । यस अघि २५ परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । पहिरोको रोकथाम नगर्ने र पहिरो निरन्तर गइरहने हो भने गैराथोकका ३ सय घर परिवार विस्थापित हुने अवस्था छ ।

विगत केहि वर्षदेखि कम हुँदै गएको पहिरो केहीदिन यता एक्कासी बढेपछि पहिरो नजिक रहेका बस्तीका मानिसहरु त्रसित भएका छन् । पहिरो आसपासका बस्तीका मानिसहरु वर्षा भएको बेला जागै बसेर रात काट्ने गरेको स्थानीय सोमप्रसाद भट्टराई बताउँछन् ।

हिउँद बर्खा नै पहिरो जाने घ्याप्चेले कटान गरेर हजारौं रोपनी खेत, बारी बगाएर खहरे बनाइसकेको र पहिरो आसपासका बस्तीका मानिस पनि वर्षेनी विस्थापित हुँदै आएको स्थानीय गोमा भट्टराइ बताउँछिन्।

केही वर्ष पहिले घ्याप्चे पहिरो रोकथामको नाममा जलाधार कार्यक्रम अन्तर्गत गैराथोकस्थित रणजोर खोला किनारमा जाली हाल्ने काम भएको थियो तर पहिरोको प्रकृति नबुझी हचुवाको भरमा लगाइएको जाली एक वर्ष पनि टिक्न सकेन । पहिरो नियन्त्रणको लागि वातावरणीय प्रभाव मूल्यांकन गरि बायो इन्जिनियरिङ्ग प्रविधिबाट रोक्न सकिने घ्याप्चे पहिरो अध्ययन गरेका इन्जीनियर कुशुम भट्टराइको भनाई छ ।

घ्याप्चे पहिरोको कारण रणजोर खोलाको चौडाई वर्षेनी बढ्दै जाँदा २७ मिटरदेखि ३ सय मिटरसम्म फैलिइसकेको छ भने मन्थली नगरपालिकाको कुल क्षेत्रफल २११.७७ वर्ग किलोमिटर मध्ये घ्याप्चे पहिरोले २३.८९ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । जसको कारण रामेछापको सदरमुकाम मन्थली समेत उच्च जोखिममा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 754 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ