७८ वर्षमा २८औं उपन्यास

काठमाडौं । उमरेले ७८ वर्ष पुगे आख्यानकार धु्रवचन्द्र गौतम तर लेखनमा उनको जोस १८ वर्षीय युवाकै जस्तो छ । सोमबार चुनदेवीस्थित उनको निवासमा पुग्दा यी स्रष्टा कुर्ता र पाइजामामा सजिएर लेखनमै तल्लीन थिए । बलिउडका दिवंगत अभिनेता दिलिप कुमारका ’bout लेख्दै थिए उनी ।

आफ्नो प्रिय नायक दिलिपकुमार भएकाले उनका थुप्रै किस्सा कोर्दैै गरेका यी लेखकले भने, ‘एउटा दैनिक पत्रिकालाई आज यो लेख पठाउनुपर्ने, त्यसैमा व्यस्त छु । म फिल्म निकै हेर्ने भएकाले फिल्मका ’boutमा पनि लेखिरहन्छु ।’

घरमा बस्दाबस्दा दिक्क भएका उनले लेख्नबाहेक अरू काम जानेको छैन । उमेर छाँदा २८ वर्ष प्राध्यापनमै बिताए । उनले त्यसपछिको अवकाशप्राप्त जीवनलाई लेखनमा सुम्पेका छन् । उनी आफू लेख्नकै लागि जन्मेको हुँ भन्छन् । आफ्ना दाइहरू गोपालचन्द्र गोतामे र धनुषचन्द्र गोतामेले पनि लेखनमै जीवन सुम्पिए । दाइहरू तथा परिवारका अन्य सदस्यको प्रेरणाले लेखनमा लागेका धु्रव यो पेसाबाट सन्तुष्ट छन् ।

२०२४ सालमा अन्त्यपछि उपन्यास प्रकाशित भएपछि यी स्रष्टाको सुरु भएको हो, उपन्यास लेखन यात्रा । यो उपन्यास सुरुमा रूपरेखा पत्रिकामा छापिएको थियो । पछि यसले पुस्तकको रूप पाएपछि गौतमलाई उपन्यासकारको रूपमा चिनायो । पहिलो उपन्यासमा उनले तत्कालीन समाज र राजनीतिक गन्ध दिएका थिए । यसपछि डापीलगायतका थुप्रै उपन्यासमार्फत उनले त्यतिबेलाको पञ्चायतविरुद्धको पात्र खडा गरेका थिए । आजकाल भने उनी उपन्यासमा सूत्रकथा प्रस्तोताका रूपमा चिनिने गरेका छन् ।

यी स्रष्टाले उपन्यासबाटै मदन पुरस्कारसमेत पाए । २०४० सालमा उनलाई उपन्यास अलिखितले मदन पुरस्कार दिलाएको थियो । यससहित अन्य पुरस्कार र सञ्चय कोषबाट लिएको पैसाले चाबहिलमा घर जोडेका थिए, आख्यानकार गौतमले । मदन पुरस्कार विजेताको रूपमा चिनिएपछि भने उनले उपन्यास लेखनलाई रोख्न चाहेनन् ।

त्यसो त उनी कथाकार पनि हुन् । करिब डेढ सय कथा लेखिसकेका छन्, उनले । एउटा साहित्यिक पत्रिकालाई सोमबार बिहान मात्र कोरोनासम्बन्धी कथा पठाएका उनी भन्दै थिए, ‘आजकाल कथा फुर्न छाडेको छ । निकै दिनपछि बल्ल एउटा कथा तयार गरेर आज मात्रै पत्रिकालाई पठाएँ ।’

तर, उपन्यास लेखनमा विश्राम लिएका छैनन्, उनले । आफ्नो जन्मदिन आगामी पुससम्म नयाँ उपन्यास ल्याउने तयारीमा छन्, उनी । उपन्यासको विषय’bout खोल्न चाहेनन् उनले, ‘४० प्रतिशतसम्म लेखिसकेको छु । अब मंसिरसम्म सबै लेखन पूरा गरेर आगामी पुस÷माघसम्म पाठकमाझ ल्याउने लक्ष्य छ ।’

त्यसो त यी आख्यानकारको दिमागमा अझै केही प्लट फुरेका छन् । केही प्लट भ्रुण अवस्थामै छन् । कथाका ती प्लट सार्थकता पाए भने दुईवटा उपन्यास फेरि तयार हुनेछन् । अहिलेलाई ३० वटा उपन्यास पु¥याउने लक्ष्य पनि सुनाए, उनले । गत वर्ष मात्र आख्यानकार गौतमले नयाँ उपन्यास चकमन्नमा एकान्त पाठकमाझ ल्याएका थिए । रत्न पुस्तकले छापेको यो उपन्यासले पनि पाठकबाट राम्रो प्रतिक्रिया पाएको थियो ।

यति धेरै उपन्यास लेखेर पनि चित्त बुझ्दो रोयल्टी पाउन नसकेको गुनासो छ, यी सर्जकको । ‘युरोप अमेरिका तथा भारतमै म भएको भए २७ वटा उपन्यास र अन्य कृतिको रोयल्टीले आर्थिक रूपमा सम्पन्न हुन्थे । तर नेपालमा यतीधेरै किताब निकाल्दा पनि रोयल्टीले पकेट खर्च चल्दैन ।’ नेपालमा लेखकको अवस्था अहिले पनि यही कारण दयनीय रहेको गुनासो उनले पोखे ।

उपन्यासबाट आफूलाई चिनाएका गौतम यतिबेला जीवनी (बायोग्राफी)मा पनि घोत्लिरहेका छन् । आफ्नै जीवनीलाई पुस्तकमा उतार्दै छन् । ‘अटो बायोग्राफीको रूपमा मेरो जीवनलाई चार खण्डमा ल्याउँदै छु । अहिले बल्ल बाल्यकाल खण्डलाई पूरा गरें ।’ उनले भने, ‘मेरो जीवनीका ’boutमा मलाई जति अरूलाई पक्कै थाहा हुँदैन । त्यसैले यतिबेला आफ्नो जीवनीलाई पुस्तकमा उतार्ने जाँगर चलाइरहेको छु ।’

कोरोनाको महामारीका कारण बेलाबेलामा भइरहने लकडाउनका कारण आख्यानकार गौतमलाई बाहिर जान त्यति मन लाग्दैन । घरमै बित्ने गरेको छ, उनको दिनचर्या । यही फुर्सदलाई उनी अहिले लेखनमा सदुपयोग गरिरहेका छन् । सोही कारण उपन्यास र जीवनीलाई एकसाथ पानामा उतारिरहेका छन् । बेलाबेलामा फुटकर लेख पनि लेख्न भ्याएकै छन् ।

तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा मेयरका उम्मेदवार धर्नामा