डाेरमणीले दिए राजीनामा अष्टलक्ष्मी बागमती प्रदेशकाे मुख्यमन्त्री

काठमाडाैं ।  नेकपा एमाले विभाजनको अन्तिम तयारी भइरहेका बेला माधव नेपाल समूहमा ट्वीस्ट आएकाे छ । यस अघि नेपाल समुहमा रहेका दाेस्राे तहमा रहेका नेताहरूले नेपाललाइ साथ नदिने भएकाे छ ।

नेपाल समुहमा रहेकी अष्टलक्ष्मी शाक्य बागमति प्रदेशकाे मुख्यमन्त्री बन्ने भएकी छिन् ।  नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलले राजीनामा दिएका छन्।

आजै शाक्यलाई एमाले प्रदेश संसदीय दलको नेता चयन गरिएको सांसद अरुण नेपालले जानकारी दिए । मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएर शाक्यलाई चयन गर्ने प्रस्ताव गरेका थिए ।

 

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षामन्त्रीको निर्देशन