गाेवा । गोवामा अलपत्र अवस्थामा भेटिएका बाबु छोराकाे उद्धार गरिएको छ ।
चपलगौंडी १२ बांके कोहोलपुरका जयबहादुर बिस्वकर्मा केही दिनदेखी गोवाको पान्जिम बस पार्कमा ४ वर्षका छोरासहित अलपत्र परेका थिए । उनी बैंगुलोरबाट नेपाल जान भन्दै गोवा आएका थिए । भएको पैसा जति सबै विच बाटोकै सकिएपछि बिचल्लीमा परेका थिए । नेपाल पुग्नलाइ पैसा नभएपछि अलपत्र परेका विश्वकर्मालाइ संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापा पुन , गणेश चन्द समितिका सदस्यहरु बसन्त चौंहान दिपिका केसी हस्त रसाइली रेमेश पुनको टोलीले ५२५० रूपैयाँ आर्थिक सयोग गरेको छ ।
नेपालसम्म पुग्नका लागि उनीलाई संयुक्त गोवा नेपली समाजका अध्यक्ष प्रकाश थापा पुन ले अगष्ट १९ तारिकमा गोवा बाट नेपाल सम्म फ्रि टिकटको व्यवस्था गरिदिएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)






