पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि

काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थसँगै खाना पकाउने ग्यासको मूल्य पनि बढाएको हो । निगमका अनुसार, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरिएको छ । अब खाना पकाउने ग्यासको प्रतिसिलिन्डर १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

यसैगरी, पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार निगमलाई इन्डियन आयल कर्पाेरेसनबाट पठाएको नयाँ मूल्य बढेर आएको हुँदा पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँले बढाएको निगमले जनाएको छ । अब पेट्रोल प्रतिलिटर १ सय ३० रुपैयाँ र डिजेलको प्रतिलिटर १ सय १३ रुपैयाँ पुगेको छ । यसैगरी, मट्टीतेलको मूल्य ८६ रुपैयाँ पुगेको छ ।

खाना पकाउने ग्यासको २५ रुपैयाँ बढ्यो

यसैगरी, हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर अमेरीकी डलर १६ ले वृद्धि भई नयाँ बिक्री मूल्य अमेरीकी डलर ७ सय ७० प्रतिकिलोलिटर कायम गरेको छ । निगमका प्रवक्ता विनितमणि उपध्यायले मूल्य समायोजन गरेपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजेलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय २० रुपैयाँ ७५ पैसा घाटा रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 282 times, 1 visits today)

epaper

ताजा समाचार

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति