आफैले चलाएको गाडी ट्रकमा ठोक्किँदा छोरीको मृत्यु

सांकेतिक तस्वीर

 

सप्तरी, राजविराज । आफैले चलाएको गाडीले रोकिराखेको अर्को गाडीमा ठक्कर दिँदा छोरीको ज्यान गएको छ भने बाबुसहित पुरै परिवार घाइते भएका छन् ।

सोमबार मध्यरातमा पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिका ४ कदमाहा सडकखण्डमा भएको सवारी दुर्घटनामा सुनसरीको रामधुनी इराही नगरपालिका ४ की ९ वर्षिया मेनुका चौधरीको ज्यान गएको हो ।

प्रहरीका अनुसार राती १२ बजेतिर कदमाहा चौक नजिकै रहेको दिलिप एण्ड ब्रदर्श पेट्रोल पम्प नजिक रोकिराखेको को.१ख. ६९५६ नं को तेल ट्याङकर गाडीमा ना.८ख. ३४२२ नं. को ट्रक ठोकिदा ट्रकमा सवार मेनुकाको घटनास्थलमै मृत्यु भएको हो ।

डिएसपी माधवप्रसाद काफ्लेका अनुसार ट्रकका चालक मृतकका बुबा आशाराम, आमा चन्द्रकला र दाजु आशिष घाइते भएका छन् । घाइते सबैको उद्दार गरि सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका लागि भर्ना गराएको उनले जानकारी दिएका छन् ।

घटनापछि ट्याङकर चालक फरार भएको तथा दुबै गाडीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आफन्त कहाँ भएको एक समारोहमा सपरिवार सहभागि भई फर्किदै गर्दा बीच बाटोमै दर्घटना भएको प्रहरीको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आर्थिक महानगरमा हरायो अर्थको कुरा, चौतर्फी राजनीति रापताप