नेपालमा अवसर’bout भारतीय पूर्वाधार कम्पनीहरूसँग अन्तक्र्रिया

काठमाडौं । नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसर सम्बन्धमा भारतीय राजदूतावासले भारतीय उद्योग परिसंघ (सीआईआई) तथा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समुपस्थितिमा पूर्वाधार क्षेत्रसँग सम्बन्धित प्रमुख भारतीय कम्पनीसँग भर्चुअल अन्तक्र्रिया कार्यक्रमको आयोजना ग-यो ।

भारतीय राजदूतावासका नियोग उपप्रमुख श्रीमती नामग्य खम्पाले कार्यक्रममा उपस्थित सबै सहभागीलाई सम्बोधन गरेकी थिइन् । त्यसलगत्तै उपस्थित सहभागीहरूलाई भारतीय दूतावासले पूर्वाधार क्षेत्र’bout जानकारी गराएकोे थियो । सो अन्तक्र्रिया कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले विभिन्न विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै नियोग उपप्रमुख खम्पाले नेपाल भारतको विशेष साझेदार तथा सबैभन्दा महत्वपूर्ण छिमेकी भएको चर्चा गर्दै भारतको एकीकृत दक्षिण एसियाली क्षेत्रको लक्ष्यलाई अघि बढाउन नेपाल प्रमुख सहयोगीको रूपमा रहेकोे उल्लेख गरे । खम्पाले आर्थिक विकासका लागि नेपालले गरेको प्रयासमा पूर्वाधार क्षेत्रको ठूलो भूमिका रहेको चर्चा गरे । यस क्षेत्रको बढ्दो अवसर’bout चर्चा गर्दै खम्पाले नेपाललाई प्राथमिकताको सूचीमा राखी यहाँका अवसरबाट लाभ लिन भारतीय कम्पनीहरूलाई सुझाव दिए ।

गएका केही वर्षमा भारतीय पूर्वाधार कम्पनीले भारतभित्र तथा भारत बाहिर प्रमुख परियोजनाको विकास गर्दै गणस्तरीय निर्माण, समयावाधि भित्रै निर्माण सम्पन्न तथा मूल्य प्रतिस्पर्धाका लागि छुट्टै पहिचान बनाउन सफल भएको छ । भारतीय पूर्वाधार कम्पनीलाई नेपालमा वृद्धि भइरहेका पूर्वाधार क्षेत्रप्रति आकर्षित गरी नेपालका साझेदारसँग हातेमालो गर्दै प्रविधि, सीप र ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ सो अन्तक्र्रियाको आयोजना गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते