माया गर्ने दिपिका !

काठमाडौं । म्युजिक भीडियो मोडलिङ, निर्देशन एवं टेलिचलचित्रकी अभिनेत्री तथा मोडल दीपीका भट्टले आफुलाई पुनः भिडियो निर्देशनमा रिर्टन व्याक गराएकी छिन् । अभिनय एवं निर्देशन दुबैमा रुचि राख्ने दिपिका यसो त गीतकारसमेत हुन् ।

बिभिन्न टेलिसिरियलहरु गर्ने गरेकी दिपीका भट्टले आफूले नै लेखेको गीतको भिडियो लिएर आएकी छिन् । म माया गर्छु… बोलको यो गीतलाई हाइलाइट्स मार्फत रिलिज गरिएको छ ।

म माया गर्छु… बोलको यो गीतलाई उनले निर्देशन गरेकी हुन् । दीपीका भट्टको आफ्नै शब्द रहेको गीतको संगीत वसन्त सापकोटाले गरेका छन् भने स्वर इन्दिरा जोशीको रहेको छ । गीतको भीडियोलाई डम्बर राईले छायांकन गरेका छन् भने मोडलका रुपमा पवित्रा भट्टराई तथा अर्पण दाहाल रहेका छन् ।

रोमान्टिक फ्लेवरको यो गीतमा पुजारी र मोडर्न केटी विचको प्रेम कथा दर्शाइएको छ । अब निरन्तर रुपमा भिडियो निर्देशनमा लाग्ने लक्ष्य राखेकोले यो गीतबाट निर्देशनमा रिटर्न व्याक गरेको दिपिकाको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 346 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी