हाम्रो देशको राष्ट्रिय युवा नीतिले तय गरेअनुसार १६ देखि ४० वर्षको उमेर समूहलाई युवाशक्ति भनिएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा ४० दशमलव ३५ प्रतिशत युवाको संख्या छ । यसमा पनि महिला ५४ दशमलव ५ प्रतिशत र पुरुष ४५ दशमलव ५ प्रतिशत रहेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार १ करोड २२ लाख ७८ हजार १ सय १३ जना युवा रहेको बताइएको छ । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको साक्षरता दर ७१ प्रतिशत रहेको छ । अझै पनि एकातिर २९ प्रतिशत युवापुस्ता अशिक्षित रहेको अवस्था छ भने अर्कोतिर शिक्षित युवामा पनि व्यावसायिक दक्षताको कमी छ । त्यसैले युवाहरू बेरोजगार छन् । रोजगारीका लागि बिदेसिएका छन् । उनीहरूको ऊर्जा देश निर्माणमा उपयोग हुन सकेको छैन ।
विदेश जान नेपाली युवाका लागि बाध्यता जस्तो भइरहेको छ । विदेश जाने युवाहरूमा २ प्रतिशत दक्ष, २४ प्रतिशत अर्धदक्ष र ७४ प्रतिशत अदक्ष रहेको राष्ट्रिय युवा परिषद्को प्रतिवेदनले देखाउँछ । विदेश जाने युवाहरूको यस्तो अवस्था छ भने स्वदेशमा रहेका युवामध्ये २ दशमलव ३ प्रतिशत मात्र पूर्णकालीन रोजगारीमा छन् । कुल युवामध्ये २८ दशमलव ३ प्रतिशत युवा अर्ध बेरोजगारीको अवस्थामा छन् । विभिन्न संकायमा स्नातक गरेका युवा २६ प्रतिशत मात्र बेरोजगार छन् । बेरोजगार युवा बरालिएका छन् । उल्लेखित डाटाले देशका युवाशक्ति खेर गइरहेको देखाउँछ । यति ठूलो संख्यामा खेर गइरहेको युवा ऊर्जालाई सदुपयोग नगरेसम्म देशमा विकास निर्माणको गति अगाडि बढ्न नसक्ने कुरा राज्यले बुभ्mन जरुरी छ ।
नेपाल अहिले युवाहरू निर्यात गर्ने मुलुकका रूपमा विश्व बजारमा चिनिएको छ । गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गरी उनीहरूको ज्ञान र सीपलाई विकास निर्माणमा लगाउन राज्यले सकेको छैन । विगत दुई दशकदेखि विभिन्न देशसँग सम्झौता गरी युवालाई कामदारका रूपमा पठाउने गरिएको छ । हरेक दिन १५ सयको हाराहारीमा युवाहरू रोजगारीका लागि बिदेसिएका छन् । नेपालका प्रायःजसो गाउँघर युवाविहीन भइसकेका छन् । गाउँघर वृद्वभत्ता लिने ज्येष्ठ नागरिक र नाति नातिना पुस्ताका बालबालिकाको बस्तीका रूपमा परिणत भएका छन् । स्थानीय तहमा विकास निर्माणका लागि जाने बजेट उपयोग गर्नै जनशक्ति छैन । युवाहरू या त विदेशमा छन् या त रोजगारीको खोजीमा सहरी क्षेत्रमा केन्द्रित छन् । त्यसैले गाउँहरूमा काम गर्ने मानिसको अभाव भएको हो ।
गाउँगाउँमा सिंहदरबार भनेर दलहरूले राजनीति गरिरहेका छन् । अहिले जसरी सिंहदरबार भ्रष्टाचारको अखडाका रूपमा बुभ्mने गरिन्छ । त्यसरी नै स्थानीय तहहरूमा पनि व्यापक भ्रष्टाचार हुने गरेको स्थानीयको बुझाइ छ । स्थानीय तहमा विकास योजना छनोटमा वैज्ञानिक एवं व्यावहारिक पक्ष कमजोर छ । जनप्रतिनिधिले जुन क्षेत्रमा भ्रष्टाचार गर्न सहज हुन्छ । ती क्षेत्रमा बजेट छुट्याउने गरेको पाइन्छ । अझ प्रस्ट शब्दमा भन्नुपर्दा पालिकाका अध्यक्षले डोजर किन्ने, हिउँदभरि बिनाइन्जिनियरिङ आप्mनै डोजरले बाटो खन्ने, पहाड भत्काउने र वर्षा लागेपछि फेरि बाटो मर्मत भनेर माटो पन्छाउने काम गरेको पाइन्छ । सरकारी रकम जनप्रतिनिधिको आयआर्जको स्रोत भएको छ । गाउँपालिकामा शिक्षित युवा नबस्ने भएकाले जनप्रतिनिधिका काममा निगरानी राख्ने सचेत नागरिकको अभाव छ । त्यसैले स्थानीय तहमा गरिब जनताले तिरेको कर उत्पादनशील क्षेत्रमा लगानी हुन सकेको छैन ।
ठूलो संख्यामा खेर गइरहेको युवा ऊर्जालाई सदुपयोग नगरेसम्म देशमा विकास निर्माणको गति अगाडि बढ्न नसक्ने कुरा राज्यले बुभ्न जरुरी छ
यो मुलुक प्राकृतिक स्रोत र साधन भरिपूर्ण हुँदाहुँदै पनि विकासले गति लिन नसक्नुको कारण देशका राजनीतिक दल र सरकारमा जाने नेतृत्व असक्षम हुन हो । दलहरूले राजनीतिक सिद्धान्तलाई विकासको आधार बनाएकाले हरेक क्षेत्र अस्तव्यस्त भएका छन् । युवाहरूको जोस, होस र जाँगर खेर गइरहेको छ । देश विकासको विकासका लागि युवा जनशक्ति आवश्यक पर्छ भन्नेजस्तो गहन कुरालाई समेत बुभ्mन नसक्ने नेतृत्व हुनु देशको दुर्भाग्य हो । दक्ष नागरिक उत्पादन गर्ने माध्यम शिक्षा हो । हाम्रो शिक्षा गुणस्तरीय, वैज्ञानिक, व्यावहारिक, व्यावसायिक, अनुसन्धानमूलक एवं जीवन उपयोगी हुन सकेन । फलत ः शिक्षित युवाहरू बेरोजगार बन्न बाध्य भए । अन्तर्राष्ट्रिय बजारमा पलायन भए । युवाहरूले जीवनको ऊर्जाशील समय विदेशमा बिताउन प¥यो । युवापुँजी विदेशमा खर्च भयो ।
राजनीतिक दलहरूले स्थानीय, प्रान्तीय र संघीय निर्वाचनको लागि तयार गरिएको घोषणापत्रमा विकास निर्माणका उधारो पुलिन्दाले बाँडेर मतदातालाई प्रभावित पारिरहेका हुन्छन् । राजनीतिक दलका घोषणा पत्रमा युवा रोजगारका कार्यक्रम पनि लेखिएका हुन्छन् । बेरोजगार युवाहरूलाई रोजगारी दिने भनिन्छ । तर, राज्यसँग रोजगारीको अवसर सिर्जना गर्ने भरपर्दो आधार छैन । देशको कृषि र पशुपालन क्षेत्रलाई आधुनिकीकरण गरी हरेक स्थानीय तहमा कृषिमा आधारित उद्योगहरू स्थापना नगरेसम्म रोजगारीका अवसर स्थायी रूपमा सिर्जना हुन सक्दैनन् ।
युवाहरूको सीप र जाँगरबिना देशको विकास दिवास्वप्न मात्र हो । देश विकासको आधार युवाशक्ति नै हो । योे शक्तिलाई विकास निर्माणमा प्रयोग गर्न राज्यसँग वैज्ञानिक योजना हुनुपर्छ । देशका शिक्षित युवा युरोप, अमेरिका र अस्टे«लियाजस्ता देशमा छन् भने अर्धशिक्षित युवा कोरिया, मलेसिया, खाडी मुलुकलगायतका देशमा काम गर्न बाध्य छन् । विश्व बजारमा काम गर्ने रहर नेपाली युवाहरूको होइन । तथापि, खाना, नाना र छानाको गर्जो टार्न युवाहरूले श्रम र श्री बेच्न बाध्य भएका हुन् । राजनीतिक दल आपसी खिचातानीमा व्यस्त छन् । यिनीहरूले विद्यालयदेखि विश्वविद्यालयमा अध्ययन गर्ने युवालाई राजनीतिक प्रशिक्षण दिने गरेका छन् । युवाहरूलाई आसे बनाएका छन् । देशको युवाशक्ति राजनीतिक आस्थामा अन्धभक्त भएमा सिर्जनाका ढोका थुनिन्छन् । स्वतन्त्र चिन्तनको विकास साँघुरिन्छ । आत्मविश्वासको कमी हुन्छ । यस्तै, भइरहेको छ ।
देशका लागि रगत बगाउने युवावर्ग अहिले सबैभन्दा बढी राजनीतिक कुसंस्कारको सिकार भएको छ
विश्वका भौतिक विकासका क्षेत्रमा चरम उपलब्धि हासिल गर्न सफल युरोपेली राष्ट्रहरू होउन् वा एसियाका राष्ट्रहरू चीन, जापान वा सिंगापुरलगायतका मुलुकको भौतिक विकासमा त्यहाँका युवाको परिश्रमले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । तर, विडम्बना † हाम्रो देशको सन्दर्भमा देश विकासमा परिचालन हुनुपर्ने युवाशक्ति विदेश पलायन हुन बाध्य छन् । यसको जिम्मा कसले लिने ? एकै रातमा वा एकै छाकमा युवाहरू देश रित्तिएर बिदेसिएका होइनन् । प्रजातन्त्रको पुनस्थापना २०४७ पछाडि देखिएको राजनीतिक विसंगति, माओवादी जनयुद्ध, अस्थिर सरकार, दीर्घकालीन योजनाको अभाव, नयाँ उद्योग धन्दा नखोलिनु, भएका उद्योग बन्द हुनु, देशको शैक्षिक प्रणाली उत्पादनशील नहुनु, शिक्षित जनशक्तिमा व्यावसायिक सीप, सिर्जनात्मक ज्ञान, प्रविधिमैत्री एवं स्वरोजगारमूलक सीपको अभाव हुनुलगायतका कारण प्रमुख हुन् । उल्लेखित अवस्था सिर्जना गर्ने पनि राजनीतिक दल र विभिन्न समयमा सरकारको बागडोरमा पुगेको नेतृत्व नै हो ।
अन्त्यमा इतिहासका कालखण्डमा राजनीतिक परिवर्तनका लागि संघर्ष गर्ने, देशका लागि रगत बगाउने युवावर्ग अहिले सबैभन्दा बढी राजनीतिक कुसंस्कारको सिकार भएको अवस्था छ । राज्यले युवाको जोसजाँगर उत्पादनशील कार्यमा लगाउनका लागि अल्पकालीन, मध्यकालीन एवं दीर्घकालीन योजना बनाउनुपर्छ । खेर गइरहेको युवा जनशक्तिलाई आफ्आफ्नै गाउँघरमा आयआर्जनका व्यवसाय खोज्ने, रोज्ने र टिकाउने ज्ञान र सीपमा आधारित तालिमको व्यवस्था गर्नुपर्छ । स्वदेशमा नै रोजगारको अवसर र समृद्ध भविष्यको आशा जगाउन राज्यले युवालाई रोजगारीको व्यवस्था गर्नुपर्छ । यसो गर्दा देशका उद्योगी, व्यापारी, साहु, महाजनलगायतका स्टेक होल्डरसँग सहकार्य गर्न जरुरी छ । हरेक स्थानीय तहमा कृषि उत्पादन र पशुपालनको क्षेत्रलाई आधुनिकीकरण, नगदे बाली, कृषि उत्पादनमा आधारित घरेलु उद्योगको स्थापना, जडीबुटी, कपडा उद्योग, चिनी, जुट, छाला, सलाई, अगरबत्ती, मैनबत्ती उद्योग, चिया, कफी, कागती, उत्पादनका साथै मेवा, केरा, स्याउ, सुन्तलालगायतको हल्टिकल्चरको विकास गर्न आवश्यक हुन्छ । यसका साथै कागज, बेत बाँस उद्योग, राडी, पाखी, गलैंचा, पस्मिना उत्पादनलगायत क्षेत्रमा युवाहरू युवाशक्तिको उपयोग गर्ने राष्ट्रिय अभियान चलाइ युवा पुँजीलाई सदुपयोग गरोस् ।






