नारिका कास्यमा सीमित

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) दुबईमा सञ्चालन भइरहेको एएसबीसी जुनियर तथा युथ ब्वायज एन्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपालकी नारिका राई सेमिफाइनलमा पराजित भएकी छन् । यसअघि नै कम्तीमा कास्य पदक पक्का गरिसकेका नारिका राई ५७ केजीमुनिको तौल समूहमा भारतीय खेलाडी प्रीतिसँग पराजित हुँदै कास्यमा सीमत बनेकी हुन् ।

पहिलो र दोस्रो राउन्डमा टिक्न सफल नारिकाले तेस्रो राउन्डमा लगातार दबाब झेलेपछि अयोग्य सावित भइन् । छिरिङ वाङदी शेर्पा जुनियर ५४ केजी तौल समूहको सेमिफाइनलमा काजस्तानका अडाल्बेक नियाज्बासँग पराजित हुँदै तेस्रोमा सीमित बनेका थिए । ६ खेलाडी सहभागी च्याम्पियनसिपका नारिका राई, छिरिङ र स्वस्तिका तिरुवाले कास्यपदक पक्का गरेका छन् ।

स्वस्तिका तिरुवाले ५२ केजीमुनि सेमिफाइनल खेल्न बाँकी छ । नेपालले पदकको आशा गरेका अर्का युवा मुक्केबाज इन्द्रबहादुर सुनार, सुदेन गिरी र युवा मुक्केबाज सुलभ मालीले पदक जित्न सकेनन् । २० अगस्तदेखि सुरु भएको च्याम्पियनसिप ३१ अगस्टसम्म सञ्चालन हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

अस्तित्वका लागि मिल्दै वामपन्थी