ओमानसँग नेपालको हार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । घरेलु मैदानमा नेपाल बुधबार ओमानसँग १८ रनले पराजित भएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ७९ रनमा अलआउट हँुदै पराजित हुन पुग्यो । नेपालका लागि शरद भेषवाकरले सर्वाधिक ५५ रनको योगदान दिए पनि हार टार्न सकेन । ४४औं ओभरको पहिलो बलमा अकिब इलियासले बोल्ड आउट गर्नुअघि शरदले १ सय ८ बलमा ५ चौकाको मद्दतमा ५५ रन जोडेका थिए ।  ९६ बलमा अर्धशतक पूरा गरेका शरद घरेलु मैदानको ओडीआईमा अर्धशतक पूरा गर्ने पहिलो ब्याट्सम्यान बने । शरदको ओडीआई करिअरको यो पहिलो अर्धशतक पनि हो ।

खराब सुरुवात गरेको नेपालले सुरुवाती चार रनमा दुवै प्रमुख ब्याट्सम्यान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । ज्ञानेन्द्र १ रनमा तथा पारस ३ रनमा आउट भएका थिए । त्यसपछि उपकप्तान दीपेन्द्रसिंह ऐरी र शरद भेषावकरले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरेका थिए । दीपेन्द्र २०औं ओभरको तेस्रो बलमा मोहम्मद नदिमले ३६ रनमा आउट भएपछि नेपाल पुन दबाबमा आएको थियो ।

आरिफ शेख ६ रनमा र लगत्तै रोहितकुमार पौडेल शून्यमा आउट भएपछि नेपाल संकटमा परेको थियो । छैटौं विकेटका लागि विनोद भण्डारी र शरदले ४३ रनको साझेदारी गर्दै नेपाललाई झिनो आशा देखाएका थिए । ३४औं ओभरमा विनोद क्याच आउट हुन पुगे । करण केसीले अभिनाश बोहरा र सुशन भारीले समान ८–८ रन जोडे । सन्दीप लामिछाने र शरदले आठौं विकेटमा ३८ रनको साझेदारी गर्दै जितको आशा दिएका थिए । तर, शरद आउट भएसँगै नेपालको जित टाढिएको थियो । सन्दीपले २७ बलमा ३ चौका र १ छक्कासहित २८ रन जोडे । ओमानका जिशान मकसुदले ३ कलिमुल्लाह र बिलाल खानले मान २–२ विकेट लिए । मोहम्मद नदिम, खावर अली र अकिब इलियासले १–१ विकेट आफ्नो नाममा लेखाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९७ रनको सम्मानजनक योगफल तयार पारेको थियो । मोहम्मद नदिमले ६९ रनको अविजित अर्धशतकीय इनिङ खेले । नदिमले ९६ बलमा ५ चौका र २ छक्का प्रहार गरे । बिलाल खान ८ रनमा अविजित रहे । नेपालले अन्तिम १० ओभरमा ७६ रन खर्चिएको थियो । नसिम खुसीले तल्लोक्रममा १८ बलमा २ चौका र २ छक्कासहित महŒवपूर्ण २८ रन जोडे । खुसी र नदिमले आठौं विकेटका लागि आक्रामक ४२ रनको साझेदारी गरेका

थिए । करण केसीले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई ४ रनमा बोल्ड आउट गरेका थिए । करणले नै सातौं ओभरको चौथो बलमा खावर अलीलाई ५ रनमा क्याच आउट गराएको थियो । अकिबले १६ रन जोडे । कप्तान जिसान मकसुदलाई २० रन जोडे । ओमान एक समय ५७–५ को धरासयी अवस्थामा पुगेको थियो ।

छैटौं विकेटका लागि सन्दीप गौड र मोहम्मद नदिमले ६० रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरेका थिए । सन्दीप गौड ३३ रनमा आउट भए । बादल सिंह ५ रनमा क्याच हुन पुगे । करणले कामिदुल्लाहलाई १ रनमा आउट गरे । करणले ४ विकेट लिए । ओडीआईमा डेब्यु खेलमा स्पिनर सुशन भारीले १० ओभरमा १ मेडन राख्दै १४ मात्रै रन ३ तथा डेब्यु खेल खेलेका अभिनाश बोहराले ९ ओभरमा २ मेडनसहित ३८ रन खर्चिए पनि विकेट लिन सकेनन् । दीपेन्द्रले १ विकेट आफ्नो नाममा लेखाए । अब त्रिकोणत्मक सिरिजको दोस्रो खेलमा नेपालले शनिबार अमेरिकासँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शिक्षक आन्दोलनले शिक्षालाई ठुलो क्षति पुर्‍याउँछ: कांग्रेस महामन्त्री थापा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा रेणु दाहाल ९२ मतले अगाडी