साल्ट ट्रेडिङद्वारा महिनाभरि आयोडिन’bout गाउँगाउँमा सचेतना

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पाेरेशनले चितवनलगायत आसपासका जिल्लाको विभिन्न क्षेत्रमा पुगेर फेब्रुअरी महिनाभर आयोडिन’bout सचेतना जगाएको छ ।

कर्पाेरेशनले आफ्नो कार्यक्षेत्र रहेको चितवनसहित नवलपुर, तनुहुँ, लमजुङ् गोरखालगायत जिल्लामा पुगेर महिनाभरी आयोडिन’bout प्रचारात्मक कार्यक्रम आयोजना गरेको साल्ट ट्रेडिङ कर्पाेरेशन चितवन शाखाका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए । उनका अनुसार महिनाभरी २९ वटा कार्यक्रम सम्पन्न भएको छ ।

सरकारले हरेक वर्षको फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाउँदै आइएको छ । यही माघ १८ साल्ट ट्रेडिङ कर्पाेरेशनले विभिन्न कार्यक्रम गरी एक महिना व्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाएको हो । उनका अनुसार स्कुलस्तरीय कार्यक्रम मात्रै १० वटा छन् । यस्तै स्वास्थ्य संस्था, महिला समुहसँग सचेतनामुलक कार्यक्रम ६ वटा गरिएको छ । हाट बजारमा प्रचार प्रसार, व्यानर टाँस, विभिन्न सन्देश प्रसारण लगायतका कार्यक्रमहरु गरिएको दाहालले बताए ।

पछिल्लो सरकारी सर्वेक्षण अनुसार नेपालमा ९१ प्रतिशत परिवारले आफ्नो भान्सामा आयोडिन युक्त नुनको प्रयोग गरको छन् । अझै यसलाई एक सय प्रतिशतमा पुर्याउने सरकारी लक्ष्य छ । आयोडिन मन्थका अबसरमा साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड चितवनले सपिङ, झोला, स्कुल व्याग, टिसर्ट, पम्प्लेट वितरण समेत गरेर प्रचार गरेको थियो ।

आयोडिन सबै उमेरका व्यक्तिहरु तथा जीवनजस्तुहरुलाई दैनिक रुपमा नभइ नहुने सुक्ष्म पोषक तत्व हो । आयोडिनको कमिले मानसिक तथा शारीरिक वृद्धि विकासमा अवरोध पुर्याउँछ । सहि मात्रामा आयोडिन नपाउनाले विभिन्न असरहरु देखिन्छ । आयोडिनको कमी भएमा घाँटीको ग्रन्थी बढ्ने भई गलगाउँड आउँछ । गर्भावस्थामा आयोडिनको कमि भए गर्भ तुहिन्छ, मृत बच्चा जन्मिनसक्ने हुन्छ । बौद्धिक विकासमा असर पर्छ । रोग संक्रमणबाट लड्ने क्षेमतामा ह्रास आउँछ । आयोडिनमो मात्रा मिलाएर गाई भैसीबाट दुध उत्पादन बृद्धि हुने हुन्छ ।

आयोडिन जीवन भरमा एक चम्चा मात्र खाए पुग्छ । तर एकैपटक नभई हरेक दिन थोरै थोरै खानु पर्छ । खासगरी गर्भ रहनु अघि, गर्भावस्थामा र गर्भावस्थापछि पनि नियमित रुपमा आयोडिन युक्त नुन नै खानुपर्ने विज्ञले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 461 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जाजरकाेट ९ अध्यक्षमा एमालेका दानबहादुर शाही विजयी