फिल्म सुटिङका लागि नेपाल आउँदै अमिताभ

 

काठमाडौं ।  फिल्म सुटिङका लागि गर्न बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । भारतीय मिडियामा उल्लेख भए अनुसार उनी ‘उचाईँ’  नामक फिल्मको सुटिङका लागि नेपाल आउन लागेका हुन् । पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले याे फिल्मकाे निर्देशन गर्ने छन् ।

मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसंगै अनुपम खेर , बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी लगायतको अभिनय रहनेछ । राजश्रीको व्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउनेछन् । कोरोना भाइरसले सिर्जित अवस्थाको कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेको अवस्थामा बलिउडको सुपर स्टार अमिताभ छायांकनका लागि आउन लागेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 337 times, 1 visits today)

epaper

ताजा समाचार

पुवा र जोगमाई खोलामा फेरि जडान हुँदै बेलीबृज