काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदन बुझ्दै ‘भ्रष्टाचार नियन्त्रणमा सहयोगी भूमिका निर्वाह गर्न’ निर्देशन दिएका छन् । केन्द्रले १७औं वार्षिक प्रतिवेदन बुधबार प्रधानमन्त्री ओलीसमक्ष बुझाएको हो ।
केन्द्र सचिव डा. ऋषिराम शर्माले बुझाएको १ सय ८४ पृष्ठको प्रतिवेदन संक्षिप्त अध्ययन गर्न भ्याएका ओलीले ‘केन्द्रलाई व्यवहारिक रूपमा परिणाममुखी बनाउनुपर्ने’मा जोड दिए । केन्द्रलाई सुशासन, विकास र भ्रष्टाचार नियन्त्रण कार्यमा सहयोगी भूमिका निर्वाह गर्नसमेत उनले निर्देशन दिए ।
प्रधानमन्त्री कार्यालयअन्तर्गत संस्था र केन्द्रबीच पारस्परिक सहयोग वृद्धि नभइरहेको विषयमा पनि समन्वय गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए । प्रतिवेदनमा उल्लेख ‘अनुसन्धान तथा खोजमूलक क्षेत्रलाई अनुदान वृद्धि गर्ने’ विषयमा सरकार सकारात्मक रहेको उनले बताए । केन्द्रले सुशासन कायम विषयमा केन्द्रित रही प्रतिवेदनमार्फत सरकारलाई महŒवपूर्ण सुझाव दिएको छ ।






