एमालेको प्रतिवाद गर्ने एकीकृत समाजवादीको निर्णय

 

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आफूमाथि प्रश्न उठाउने प्रमुख प्रतिपक्षी नेकपा एमालेको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

संघीय संसदको नवौं अधिवेशनको पहिलो प्रतिनिधिसभा बैठकमा एमालेले माधव नेपालसहित १४ सांसदमाथिको कारवाही र पार्टी विभाजनलाई लिएर अवरोध गरेर स्थगित गर्न बाध्य पारेका बेला एकीकृत समाजवादीले प्रतिवाद गर्ने भएको हो ।

एमालेको संसदीय दलको बैठकले पनि कारवाही गरिएका माधव नेपालसहित १४ सांसद संसदमा सहभागी भए बैठक चल्न नदिने निर्णय गरेको थियो ।

उक्त निर्णयमा प्रतिक्रिया जनाउँदै समाजवादीका नेता विरोध खतिवडाले सदनमै जवाफ दिने चेतावनी दिए । ‘हाम्रो ’boutमा केपी ओलीले उठाएका प्रश्न’bout सभामुखसँग समय लिएर प्रतिवाद गर्ने निर्णय भएको छ,’ खतिवडाले भने ।

समाजवादीले संसद बैठकमा संयमित रूपमा सहभागी हुने र एमालेले निहुँ खोजे प्रतिवाद गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)

epaper

ताजा समाचार

प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’