काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी जारी छ । आइतबार संसदको बैठक सुरु भए लगत्तै एमाले सांसदरूले नाराबाजी गरेका थिए ।
आज भएको नाराबाजीमा एमाले संसदीय दलका नेता केपी ओली पनि सहभागी भए । यसअघि दुई दिनको बैठकमा भएको नाराबाजीका बेला ओली आफ्नै स्थानमा बसेका थिए ।
तर, आइतबार भइरहेको नारबाजीमा ओली पनि रोस्ट्रम अगाडि उभिएर सहभागी भए ।
सभामुख अग्निप्रसाद सापकोटाले बारम्बार बैठक चल्ने वातावरण बनाउन आग्रह गरिरहेका थिए । तर, यसलाई बेवास्ता गर्दै एमाले सांसदहरूको नाराबाजी चलिरहेको छ ।
सभामुख सापकोटाले आफूले नागरिक सर्वाेच्चतता कायम गरेको र बैठकमा अवरोध सृजना गरेर अरु सांसदको बोल्न अधिकार कुण्ठित नगर्न आग्रह गरेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)






