राडुकानुलाई यूएस ओपन उपाधि

न्युयोर्क । बेलायती किशोरी इमा राडुकानुले यूएस ओपन टेनिसको उपाधि जितेकी छन् । आइतबार बिहान भएको फाइनलमा १८ वर्षीया राडुकानुले क्यानडाकी अर्की किशोरी लेइला फर्नान्डेजलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् ।

अर्थर आसे स्टेडियममा बहुप्रतीक्षित मानिएको यी दुई किशोरीबीचको फाइनलमा राडुकानुले ६–४ र ६–३ ले जित हात पारिन् । राडुकानुले ४० वर्षपछि बेलायतलाई महिला एकल टेनिसमा उपाधि दिलाउन सफल भइन् । यो उपलब्धि अविश्वसनीय भएको बताउँदै इमा राडुकानुले यो उपलब्धि १९७७ मा विम्बल्डन विजेता भर्जिनिया वेडप्रति समर्पित गरिन् । त्यसयता बेलायतका कुनै पनि महिला खेलाडीले ग्रान्ड स्लामको उपाधि जितेका थिएनन् । उनी ग्रान्ड स्लाम इतिहासमा क्वालिफायर चरणबाट आएर उपाधि जित्ने पहिलो खेलाडीसमेत बनिन् ।

सन् २००४ मा अमेरिकी खेलाडी मारिया सारापोभाले विम्बल्डन जितेयता सर्वाधिक कम उमेरमा यूएस ओपन च्याम्पियन बन्ने खेलाडी बनिनन् । साथै उनी सबैभन्दा कम उमेरमा ग्रान्डस्लाम जित्ने पहिलो बेलायती खेलाडी बनिन् । राडुकानु २०१४ मा अमेरिकी सेरेना विलियम्सपछि कुनै पनि सेट नगुमाई उपाधि जित्ने खेलाडीसमेत बनिन् ।

यूएस ओपनको उपाधि जितेसँगै उनी बेलायतमा शीर्ष वरीयतामा तथा विश्व वरीयतामा २३आंै स्थानमा उक्लनेछिन् ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केशब स्थापित र सिर्जना सिंहले पाएकाे मत जाेड्दा पनि बालेनकाे भन्दा ५० मत थाेरै