काजी लिम्बुको निर्देशनमा ‘एकै छिन’ सार्वजनिक

काठमाडौँ । ‘किन मायामा’ बोलको गीतमा एकसाथ सहकार्य गरेर स्रोताको मन जित्न सफल गीतकार गोपाल लोहार, गायक किरण गजमेर र संगीतकार वसन्त सापकोटा फेरि एकपटक ‘एकै छिन’ बोलको गीत लिएर दर्शक स्रोता माझ आएका छन् ।

युवा युवतीको बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतमा गायिका मेलिना राईको समेत स्वर सुन्न सकिन्छ। गीतमा विषम आचार्यको संगीत संयोजन रहेको छ। प्रभात पाल ठकुरी र कविता न्यौपाने अभिनित यस भिडियोको छायांकन गोदावरीमा गरिएको हो।

श्याम तामाङ्गले छायांकन गरेको भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ। भिमा लोहार निर्मात्री रहेको यस भिडियोलाई काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो। गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

तपाइको प्रतिक्रिया
(Visited 406 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे