असोज तीन,कालो दिन भन्दै सडकमा उत्रिए लोसपाका नेता कार्यकर्ता

 

सप्तरी, राजविराज । संविधान प्रति असन्तुष्टी जनाउदै आएको लोकतान्त्रिक समाजवादी पार्टीले आईतवार सप्तरीमा विरोधका कार्याक्रमहरु आयोजना गरेको छ । मुलुकका विभिन्न ठाउँमा संविधान दिवसका कार्यक्रमहरु भईरहेका बेला सोही दिन पारेर उक्त पार्टीले विरोधका कार्यक्रम गरेको हो ।

आईतवार विहानै टाउकोमा कालो पट्टी र हातमा कालो झण्डा लिएर पार्टी कार्यालयबाट निस्केका कार्यकर्ताहरुले सदरमुकाम राजविराज स्थित विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक स्थानहरुमा कालो झण्डा गाडदै संविधान दिवसलाई विरोधका रुपमा मनाउन सर्वसाधारणलाई आग्रह समेत गरेका थिए । मोटरसाईकल -याली समेत प्रर्दशन गरेका उनीहरुले संविधान सर्वस्विर्काय हुनु पर्ने भनी आफुहरुको शूरु देखी नै माग रहेपनि अहिले सम्म त्यस्को सुनवाई नगरिएको कारण यस दिनलाई विरोेध गरेर कार्यक्रम गर्नू परेको बताएका छन् ।

संविधानमा विभेदकारी प्रावधान सच्याउनु पर्ने र त्यसका लागी संशोधन नै आवश्यक रहेको कारण आफुहरुको माग पुृरा नहुन्जेल सरकारले संविधान दिवस मनाए पनि आफुहरुले विरोध जारी राख्ने उनीहरुको भनाइ छ ।

यता सत्तारुढ गठबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि आईतवारै संविधान दिवसका दिन विरोध कार्यक्रम गरेका छन् ।

संविधानमा विभेदकारी प्रावधान राखिएकोले संविधान संशोधनको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम गरी उनीहरुले संविधान संशोधन गरी शोषित पिडीत, आदीवासी, जनजाती,दलित, मधेशी, लगायत समुदायको माग सम्बोधन गर्नु पर्ने माग गरेका छन् ।

राजविराज नगरपालिकाको सभाकक्षमा जसपा नेपालका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सभाका सदस्य एवं जसपाका कार्यकारणी समिती सदस्य मृगेन्द कुमार सिह यादव, प्रदेश सभा सदस्य मनिष सुमन, जसपाका प्रदेश सचिव दिनेश यादव लगायतले संविधानमा रहेका विभेदकारी प्रावधान हटाएर आफुहरुले अघि सारेका मागहरु सम्बोधन नगरिए सम्म विरोध जारी रहने उदघोष गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 325 times, 1 visits today)

epaper

ताजा समाचार

खुम्रे किराले बाजुराबासीको गाँस खोस्यो !