लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

लन्डन । म्यान्चेस्टर सिटी र लिभरपुल लिग कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । साविक विजेता म्यान्चेस्टर सिटीले गएराति भएको खेलमा तेस्रो श्रेणीको वाइकोम्बीलाई ६–१ ले पाखा लगायो । गएराति भएको अर्को खेलमा लिभरपुलले नरिच सिटीमाथि ३–० को जित निकाल्दा ब्रेन्टफोर्डले ओल्डह्याममाथि ७–० को फराकिलो जित निकाल्यो ।

गएरातिका अन्य खेलहरुमा विजयी हुँदै बर्न्ले, लिड्स युनाइटेड, साउथह्याम्पटन, स्टोक सिटी र सण्डरल्याण्ड पनि राउण्ड अफ सिक्सटिनमा पुगेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 282 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी अपडेट: मृत्यु हुनेको संख्या १२ सय ५९ पुग्यो, ५ हजार ८३ जना सम्पर्कविहीन