राजपा र समाजवादी विच छिट्टै एकता

सप्तरी । मधेश आन्दोलनमा बलिदान दिएका शहिदहरुको सपना साकार पुर्‍याउन समाजवादी पार्टी र राजपा एकाकार हुनु आवश्यक रहेकोमा शुक्रबार यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

२०७३ फागुन २३ गते भएको मलेठ घटनाका शहिदहरुको तेस्रो पुण्य तिथिको अवसर पारेर राजपा तथा सामाजवादी पार्टीद्वारा संयुक्त रुपमा आयोजित श्रद्धान्जली सभाका वक्ताहरुले यस विषयमा जोड दिएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश २, का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले मधेश आन्दोलनका सहिदहरुको सपना पुरा गर्नका लागि समाजवादी र राजपा लगायतका शक्ति एकिकृत हुनु जरुरी रहेको भन्दै छिट्टै यो प्रयासले मुर्तरुप लिने बताए ।

उनले सामाजवादी पार्टी र राजपा एकिकृत भई अघि बढे शक्ति संचयन पनि हुने र मधेश आन्दोलनले उठाएका मुदा सम्बोधन गराउन पनि बल मिल्ने भन्दै शहिदको सपना साकार पार्न पनि दुवै पार्टी एकिकृत हुुनु पर्नेमा जोड दिए ।
उनले प्रदेश सरकारद्वारा गठित समितिले मलेठ घटनाको छानविन गरी प्रतिवेदन तयार गरी सरकारलाई बुझाई सकेको र छिट्टै प्रतिवेदन सार्वजनिक गर्ने तयारी भईरहेको जानकारी पनि दिए ।

शहिद परिवारलाई प्रदेश सरकारले साधन श्रोतले भ्याए सम्म सहयोग गरिरहेको र भविष्यमा पनि यसलाई निरन्तरता दिने उनको भनाई छ । राजपाका जिल्ला संयोजक हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राजपाका सह महासचिव गजेन्द्र मण्डल, प्रदेश सभा सदस्य नेत्र विक्रम साह, प्रदेश २ समाजवादी पार्टीका मुख्य सचिव शम्भु झा, राजपका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, दिनेश यादव, अमरनाथ मण्डल, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुश शम्भु प्रसाद यादव, समाजवादी पार्टीका केन्द्रिय सदस्य भिमराज यादव, समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादव लगायतले पनि बोल्दै शहिदको सपना साकार पार्न राजपका र समाजवादी पार्टी विच यथासिध्र एकता हुनुपर्नेा जोड दिएका थिए ।
कार्यक्रममा मलेठ घटनाका शहिद परिवारलाई प्रमुख अतिथि मन्त्री साहले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ