बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आजबाट सुरु हुने वडा, गाउँ, नगरपालिका, प्रदेश निर्वाचन क्षेत्र र ७ औँ जिल्ला अधिवेशनका लागि जिल्ला निर्वाचन समिति बाजुराले मतदान अधिकृतहरु खटाएको छ ।

जिल्लाका ६९ वडामा एकै पटक हुने अधिवेशनका लागि निर्वाचन समितिले ६९ मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी एक सय ३८ जना निर्वाचनमा खटाएको निर्वाचन अधिृकत सन्तोष भण्डारीले बताएका छन् ।

६९ वडामा मतदान अधिकृत र सहायक अधिकृत गरी एक सय ३८ जना नौ वटै पालिकामा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी १८ र प्रदेश निर्वाचन क्षेत्र (क) मा तीन र प्रदेश निर्वाचन क्षेत्र (ख) मा तीनजना गरी जिल्लाका वडा, गाउँ÷नगरपालिका र प्रदेश निर्वाचन क्षेत्र गरी एक सय ६२ जना खटाइएको बताएका छन् ।

निर्वाचनका लागि आवश्यक सामग्रीसहित उनीहरुलाई निर्वाचन आचारसंहिता, निर्देशनसहित वडा, पालिका र प्रदेश निर्वाचन क्षेत्रमा मतदान अधिकृत खटाएको निर्वाचन अधिकृत भण्डारीको भनाइ छ ।

जिल्ला निर्वाचन समितिले मतदान अधिकृतलाई पार्टीको विधान नियमावली, निर्वाचन कार्यविधि लगायतका सामग्री र उनीहरुलाई निर्वाचनको विषयमा प्रशिक्षण गरी प्रत्येक वडामा मतदान अधिकृत खटाइएको जिल्ला निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

जिल्लाका ६९ वडामा असोज आज वडा अधिवेशन, असोज ९ गते गाउँ÷नगरपालिका अधिवेशन, असोज १२ गते प्रदेश निर्वाचन क्षेत्र अधिवेशन र असोज १६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र अर्थात् जिल्ला अधिवेशन हुने निर्वाचन समिति बाजुराका निर्वाचन अधिकृत भण्डारीले जानकारी दिएका छन् । काँग्रेसले सातौँ जिल्ला अधिवेशनका लागि नेपाल शिक्षक संघ बाजुराको कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको छ । आज ६९ वटै वडाले नेतृत्व पाउने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

विश्वकप छनौटः इंग्ल्यान्ड सफल, इटाली रोकियो
एकैदिन थपिए १३० जनामा कोरोना संक्रमित, ७५ जना डिस्चार्ज
कोरोना निदानका कमान्डर ‘माइक्रोवायोलोजिष्ट’ उपेक्षित भएकै हुन् त ?
साना जलविद्युत् आयोजनामा लाग्दै आएको पेनाल्टी हटाउन प्राधिकरणको अटेरी
भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास
अमिताभ र अजय मे डेमा सँगै

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी