खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ । केन्द्रबाट आएको कुहिएको बास्मती चामल राखिएको गोदाम खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सिल गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको ४ सय ८७ मेट्रिक टन बास्मती चामल राम्रो चामलसँग मिसाएर कर्णाली प्रदेशका दुर्गम जिल्लामा बिक्रीका लागि पठाएको समाचार राजधानी दैनिकले बुधबार प्रकाशित गरेपछि डिभिजन कार्यालयले बिक्री वितरण नगर्ने भन्दै चामल गोदाम सिल गरेको हो ।

राजधानी समाचार प्रभाव

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले बुधबार राजधानी दैनिकमा प्रकाशित समाचारलाई आधार मानी आफ्नो नेतृत्वमा कम्पनीको चामल गोदाममा अनुगमन गरी सिल गरेको जानकारी दिए ।

उनले सुर्खेत जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, वीरेन्द्रनगर नगरपालिकाका घरेलु तथा उद्योग शाखा प्रमुख इन्द्रबहादुर थापा, नगर प्रहरी कार्यालयका हरिभक्त रोकाया, उपभोक्ता हित संरक्षण मञ्च नेपालका बिन्दुलाल रेग्मी, राष्ट्रिय उपभोक्ता मञ्चका आकाशतारा बयकलगायत सञ्चारकर्मीहरूको रोहवरमा कम्पनीको चामल गोदाम सिल गरिएको जानकारी दिए ।

डिभिजन कार्यालयका प्रमुख थापाले भने, ‘खाद्य कम्पनीको गोदाममा अनुगमन गर्दा काठमाडौंबाट आएको १९ सय ९० क्विन्टल बास्मती चामलमध्ये १५ क्विन्टल बिक्री गरिसकेको पाइयो, बाँकी १९ सय ७५ क्विन्टल चामल खाद्य कम्पनीको गोदाममा छ । हाल गोदाममा रहेको सो बास्मती चामल बिक्री वितरण नगर्न भन्दै गोदाम सिल गरिएको छ ।’

‘खाद्य कम्पनीको गोदाममा ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको ४ सय ८७ मेट्रिक टन बास्मती चामल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिल गरेको हो वा होइन र हाल सो बास्मती चामल खाद्य कम्पनीको थापाथाली गोदाममा छ वा छैन, यथार्थ के हो ? जानकारी गराउन भन्दै विभागलाई बुधबार नै पत्र काटी इेमलमार्फत पठाइएको छ,’ उनले भने ।

उनले विभागलाई पठाएको पत्रको जवाफ हेरेर कारबाही प्रक्रिया बढाइने बताए । डिभिजन कार्यालय प्रमुख थापाले खाद्य प्रविधि विभागले सो चामल खानयोग्य नभएर गुणस्तरहीन भएकाले नष्ट गर्ने भन्दै चामल गोदाम सिल गरेको तर खाद्य कम्पनीले कसैको जानकारीबिना आफैं चामल गोदामबाट ‘रि पोलिसिङ’ गरी सुर्खेत जिल्लामा पठाएको हो भने विभागले नै मुद्दा चलाउन पाउनुपर्ने बताए ।

तर, यता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले आफूलाई खाद्य कम्पनीको चामलको विषयमा केही पनि जानकारी नभएको बताए ।

उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरी गुणस्तरहीन खाद्यान्न बजार पठाएको पाइएमा खाद्य ऐनअनुसार कानुनी कारबाही गर्ने अधिकार भए पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक रायले भने आफूलाई कुनै जानकारी नै नभएको बताएका हुन् ।

 

तपाइको प्रतिक्रिया
(Visited 2 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

सिस्नु संरक्षणका लागि रोशी गाउँपालिकामा सिस्नु खेती कार्यक्रम
शितलहरमा पनि काेशी स्नान गर्नेकाे भिड
लुम्बिनीमा एमाले सांसद पाण्डेले दिए राजीनामा
‘बाग्मतीको पुल’मा नाजिर र आँचलको नृत्य
सिन्धुपाल्चोकको लिदी पहिरोः मृतकको संख्या २९ पुग्यो
कोरोनाले विश्व फिल्मी बजार प्रभावित

आजको समाचार

परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् : ओली
महाअभियोगको सामना गर्न प्रधानन्यायाधीश जबरा तयार
कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड

साताका लोकप्रिय समाचार

परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् : ओली
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन गृह मन्त्रालयको आग्रह
नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

भर्खरै

परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् : ओली
Kumar Raut || 26 October 2021
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सर्वाेच्च अदालतका न्यायाधीशहरूको भूमिकाबारे अहिले बाहिर आउन थालेको टिप्पणी गरेका छन्...

कुरी-कुरी