कोभिड–१९ को ब्रेकथ्रु संक्रमण

 

कोरोना संक्रमण बढिरहेका बेला तथा खोपको आयात यथेष्ट भएपछि सरकारले साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनायो । सप्ताहमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख एस्ट्राजेनिका खोप लामो समयदेखि कोभिसिल्डको दोस्रो मात्राको खोपको प्रतिक्षामा रहेका ज्येष्ठ नागरिकलाई दिइयो । २०७७ माघ १४ बाट सुरु कोभिड–१९ विरुद्ध खोप अभियानमा भीड हुन थालेपछि खोप लगाउन पहिलेभन्दा १ हजार ४ सय ३३ खोप केन्द्र थपिएको छ । पहिले २ हजार ९ सय ८९ थियो र हाल ४ हजार ४ सय २२ बढी पुगेको छ । काठमाडौं उपत्यकामा ६६ तब ८३ बाट १ सय ४९ बढी खोप केन्द्र बनाइएको छ ।

स्वास्थ्य राज्यमन्त्रीले साउन १८ गते १ सय दिनको कार्ययोजना सार्वजनिक गर्दै असोज अन्तिमसम्म थप २ करोड डोज आपूर्ति हुने बताएका थिए । नेपाललाई आवश्यक जम्मा ५ करोड २३ लाख खोपमा ३ करोड २३ लाख खरिद प्रक्रियामा रहेको बताउँदै आर्थिक गतिविधिका दृष्टिले महत्वपूर्ण र बढी आवागमन हुने तथा जनसंख्या बढी भएका सहरहरूमा स्थानीय सरकारसँगको परामर्शमा खोप केन्द्र थप गर्ने उल्लेख छ ।

बालबालिकामा पनि खोप प्रभावकारी

हाल १८ वर्ष वा सोभन्दा माथि उमेरकालाई प्रयोग गरिँदै आएको अमेरिकी कम्पनी मोडर्नाका अनुसार १२ देखि १७ वर्षका करिब ४ हजारमा गरिएको परीक्षणमा शतप्रतिशत प्रभावकारी छ । ३ हजार ७ सय ३२ जना २ मात्रामा शत र बाँकी एक मात्रा मात्र लिएकामा ९३ प्रतिशत प्रभावकारिता देखिएको छ । फाइजर खोप १२ देखि १५ वर्षका किशोरकिशोरीमा मात्र शतप्रतिशत प्रभावकारी थियो ।

अमेरिकाले फाइजर कम्पनीलाई अक्टोबरबाट ५ देखि ११ वर्षका बच्चामा कोरोना खोप लगाउन अनुमति दिएको छ । मोर्डनाले पनि बालबालिकाका लागि खोप तयार गर्दै छ । साना बालबालिकामा प्रतिरोधी क्षमता र खोपको डोजबारे अझै कैयौं प्रश्न अनुत्तरित रहेको एफडीएको भनाइ छ ।

कोभिड संक्रमणविरुद्ध अन्य औषधि उपलब्ध नहुँदा महामारीबाट बच्न खोपलाई प्रमुख प्राथमिकतामा राखिँदै आएको छ

दीर्घ कोभिडको जोखिम कम

कोभिड–१९ को पूर्ण खोप लगाउँदा रोग लाग्ने जोखिम कम हुने मात्र नभई दीर्घ अर्थात् लङ कोभिड हुन सक्ने जोखिमबाट पनि बचाउने किङ्स कलेज लन्डनको पछिल्लो खोजले देखाएको छ । अध्ययनमा दुई मात्रा खोप लगाइसकेकामा नलगाएकामा भन्दा कोभिड लागेका मानिसमा ४ हप्ताभन्दा लामो समयसम्म लक्षण रहिरहने समस्या ५० प्रतिशतले घटेको छ । डिसेम्बर २०२० देखि जुलाई २०२१ सम्मको १२ लाख एक मात्रा लिएका र ९ लाख ७१ हजारले २ मात्रा खोप लिइसकेका मानिसहरूको तथ्यांक हो । जसमा २ मात्रा लिएका ०.२५ प्रतिशतमा संक्रमण भएको तथा ५ सय ९२ संक्रमितले एक महिनासम्म निरन्तर तथ्यांक दिइरहँदा ३१ जनामा दीर्घ कोभिड थियो ।

एन्टिबडी परीक्षण किन ?

देशभरका सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ सहरका सबै लिंग, उमेर, पेसा तथा समूहका पाँच महिनामाथिका उमेरका १३ हजार १ सय ६१ जनामा असार २१ देखि साउन ३० सम्म मन्त्रालयले गरेको सेरो प्रिभेलेन्समा ६८.६ प्रतिशतमा कोभिड–१९ को एन्टिबडी देखिएको छ । खोपको पहिलो डोज लगाएका ८० र दुवै डोज लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको छ । सबै समूहमा समान एन्टिबडी भेटिएको छ ।

दोस्रो राष्ट्रिय सेरो प्रिभ्यालेन्स सर्वेक्षण भएको समय मुलुकमा १८ वर्षमाथिका जनसंख्यामध्ये पहिलो र दोस्रो खोप लिएका ३० लाख अर्थात् करिब साढे १० प्रतिशतले कोभिडविरुद्धको खोप लगाएका थिए । कोरोना संक्रमित भइसकेकालाई खोप दिँदा झनै बढी सुरक्षा दिने अध्ययनले देखाएका छन् ।

कोभिड संक्रमणविरुद्ध अन्य औषधि उपलब्ध नहुँदा महामारीबाट बच्न खोपलाई प्रमुख प्राथमिकतामा राख्दै एक मात्र विकल्प रहेकाले तीव्र प्रयोगमा आइरहेको छ । तर, स्वरूप परिवर्तन गरिरहेको भाइरसले असर गर्ने नगर्ने र खोप लगाएपछिको एन्टिबडी उत्पादन भए न भएको र भए पनि कति र घट्दै गए नगएको र बुस्टर डोज जरुरत भए नभएको पत्ता लगाउन एन्टिबडी परीक्षण जरुरी भएको छ । तथापि कति एन्टिबडी भए संक्रमण हुँदैन, सार्न सक्दैन, जटिलता हुँदैन र मृत्यु हुँदैन भन्ने यकिन नभएकाले एन्टिबडी परीक्षण गर्ने चलन छैन ।

पूर्ण खोप लगाउँदा रोग लाग्ने जोखिम कम हुने मात्र नभई दीर्घ अर्थात् लङ कोभिड हुन सक्ने जोखिमबाट पनि बचाउँछ

निजीले खोप ल्याउन सकेनन्

औषधि व्यवस्था विभागले चैत पहिलो साता निजी क्षेत्रलाई कोभिड–१९ विरुद्धको खोप आयातलाई बाटो खोली अभियानलाई सफल पार्न तथा खोपको आपूर्तिमा सहजता ल्याउने उद्देश्य थियो । खोपको कम्पनी मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्क विश्लेषण गरी मुनाफा बढीमा १० प्रतिशत कायम गर्नेगरी निकालिएको पहिलो सूचनामा निवेदन नपरेपछि पुनः एक साता थप्दा तीनवटा कम्पनीको प्रक्रिया पुगेकाले वैशाखमा आयात गर्न स्वीकृत प्रदान गरेको थियो । विभागले भारतको सेरम इन्स्टिच्युटको कोभिसिल्ड ल्याउन हुकुम डिस्ट्रिब्युटर्स, भारतकै बायोएनटेकको कोभ्याक्सिन ल्याउन इमराल्ड फर्मा र रसियन खोप स्पुतनिक–भी आयात गर्न लोमस फर्माले अनुमति पाएका थिए । तथापि, आजसम्म पनि आयातको प्रक्रिया भएको छनक पनि पाइँदैन ।

ब्रेक थ्रु इन्फेक्सन

कोभिडविरुद्धको खोपको पूर्ण मात्रा लगाएपछि पनि कोभिडबाट संक्रमितहरू देखिँदै छन् । जसलाई ब्रेकथ्रु इन्फेक्सन भनिँदै छ । अर्थात् खोप लगाइसकेपछि पनि संक्रमणको सम्भावना हो र त खोप लगाए पनि जनस्वास्थ्यका मापदण्ड पालना गरिराख्नपर्ने भनेको हो । अमेरिकामा जनवरी १ देखि अप्रिल ३० सम्म १० करोड बढीलाई खोप लगाउँदा र १ करोड १० लाख संक्रमित हुँदा ब्रेक थ्रु इन्फेक्सन १० हजार २ सय ६२ जनामा भएको थियो । संक्रमित २७ प्रतिशतलाई कुनै लक्षण देखिएन । मेदेखि अगस्ट २ सम्म १६४ मिलियनलाई खोप लगाइसकेकोमा ७ हजार ५ सय २५ जनामा ब्रेक थ्रु इन्फेक्सन भएको छ ।

अमेरिकाको एरिजोनामा फाइजर र मोडर्ना खोप लगाएका ४ हजार फ्रन्टलाइनरमा २ सय ५ मा ब्रेक थ्रु इन्फेक्सन भएको न्यु इंगलैन्ड जर्नलमा प्रकाशित छ । भारतमा सिनोफार्म, कोभ्याक्सिन र अक्सफोर्डको खोप पाइसकेका ६ सय ७७ जनामा ब्रेक थ्रु इन्फेक्सनमा ८६ प्रतिशतलाई डेल्टा भेरियन्टको थियो । गाभीका अनुसार विश्वका कुनै पनि खोप शतप्रतिशत प्रभावकारी छैनन् । फाइजर र मोडर्नाको खोप ९४ देखि ९५ प्रतिशत मात्र प्रभावकारी देखिएका छन्, अर्थात् सयमा ५÷६ जनामा संक्रमणको सम्भावना छ । सिनोफार्म ७८, अक्सफोर्ड एस्ट्राजेनिका ६७ प्रतिशत प्रभावकारी छ ।

खोपले संक्रमणबाट होइन, मृत्युबाट जोगाउँछ

भारतस्थित एनआईभीको हालैको अध्ययनले खोप लगाएकामध्ये संक्रमित ९.८ प्रतिशतलाई मात्र अस्पतालमा भर्ना गर्न परेको र शून्य दशमलव ४ प्रतिशतको मृत्यृ भएको देखाएको छ । सवैभन्दा तीव्र गतिमा फैलने डेल्टा भेरियन्टबाट हुने मृत्यृबाट ९९ प्रतिशतसम्म बचाउँछ । यस्तै, खोप लगाएका ८० प्रतिशतले अन्य व्यक्तिमा संक्रमण नसार्ने पनि टाइम्स अफ इजरायलमा प्रकाशित इजरायल सरकारको स्वास्थ्य मन्त्रालयको अर्काे अध्ययनमा छ । सार्वजनिक स्थलका अध्ययनमा खोप लिएका १० प्रतिशतले १ जनासम्म र ३ प्रतिशतले २ देखि ३ जनासम्ममा संक्रमण सार्न सक्ने र बाँकी ७ प्रतिशतले फैलाउन सक्छ वा सक्दैन । तसर्थ, तेस्रो लहर आए पनि दोस्रोको जस्तो क्षति कम गर्न खोपकै आवश्यकता छ ।

अन्तमा, भारतको आईसीएमआरको अध्ययनले खोपको पूर्ण डोज लगाएपछि पनि डेल्टा भेरियन्टले संक्रमण भइरहेकाले अस्पताल भर्ना हुनबाट र मृत्युबाट जोगाए पनि संक्रमणबाट नजोगाउने उल्लेख गरेको छ । खोपको एक वा पूर्ण डोजले संक्रमित हुनबाट नभई मृत्यु हुनबाट धेरै हदसम्म जोगाउने देखाएको छ । तसर्थ, खोप सबैले लगाउनपर्छ किनकि खोप लगाएपछि पनि संक्रमण भए पनि गम्भीर हुन रोक्ने, अरूलाई सार्न रोक्ने, अस्पताल भर्ना र मृत्युबाट जोगाउँछ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

नेपालका चार विद्यार्थी दक्षिण अस्ट्रेलियाको एडिलेडका एम्बेस्डर
आयोवा प्रारम्भिक चुनाव : पिट बुटिगिग र बर्नी स्यान्डर्सको अग्रता
सार्टनैको चोलीमा सरोज र आष्मा
सुस्मिताको विलाप
एमसीसी परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय
त्रिपुरासुन्दरी गाउँपालिकाको भवन शिलान्यास

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी