डोल्पाको भेत्तिमा जिप दुर्घटना, नौ जना घाइते

जाजरकोट । डोल्पा सदरमुकाम दुनैबाट त्रिपुरासुन्दरी नगरपालिका-३ सुँपानीतर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा मकवानपुरको हेटौंडा नगरपालिका-९ का ३८ वर्षीय विष्णु श्रेष्ठ, ३८ वर्षीय अशोक सारुमगर, ११ बस्ने २२ वर्षीय बुद्धवीर लामा, ४ बस्ने ३९ वर्षीय सुरेश श्रेष्ठ, ३८ वर्षीय रमेश गौतम, १० बस्ने ३६ वर्षीय सुशील राज गिरी, ९ बस्ने ३१ वर्षीय जीवन शर्मा, ७ बस्ने ३८ वर्षीय किरण अधिकारी र चालक ठूलीभेरी नगरपालिका-९ डोल्पाका २० वर्षीय जुनकोष शाही रहेका छन् ।

भे१ज ९७५ नम्बरको बोलेरो जिप ठूलीभेरीनपा-९ स्थित भेत्तिमा स्टेरिङ फेल भई सडकबाट अन्दाजी १५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

घाइते मध्ये विष्णु श्रेष्ठ, अशोक सारुमगर र बुद्धवीर लामाको हात, मुख तथा खुट्टामा गहिरो चाट लाग्नुका साथै उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको र सबैलाई जिल्ला अस्पताल दुनैमा उपचारको लागि लगिएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 249 times, 1 visits today)

epaper

ताजा समाचार

युवेन्द्र शाक्य र गङ्गा गौतमको नयाँ गीतले खिच्यो दर्शकको ध्यान