पाँचथरमा बस दुर्घटना : दुईको मृत्यु, ६४ घाइते

पाँचथर । पाँचथरको सरखण्डेमा भएको बस दुर्घटनामा परेकामध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको विवरण आउन बाँकि छ ।

त्यस्तै गम्भिर अवस्थाका घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गरिएको छ । थप दश जनालाई तत्काल रेफर गर्नुपर्ने अवस्था रहे पनि एम्बुलेन्सको अभाव रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका पाँचथरका सूचना अधिकारी, प्रहरी निरिक्षक डम्बर विश्वकर्माका अनुसार अन्य घाइतेहरुको सदरमुकामस्थित जिल्ला अस्पताल, समर्पित अस्पताल र पाथीभार अस्पतालमा उपचार भइरहेको छ ।

कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकाको सिमाना सिवादोभानबाट यात्रु लिएर झापाको दमक हिंडेको को १ ख ३८६५ नं.को बस सरखण्डेमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी ६४ जना घाइते भएको प्रहरी निरिक्षक विश्वकर्माले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 597 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते