पाकिस्तानसँग न्युजिल्याण्ड पराजित

युएइ । आईसीसी टी–२० विश्वकप अन्तर्गत मंगलबार सम्पन्न दोस्रो खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले पराजित ग-यो । प्रतियोगितामा पाकिस्तानको यो लगातार दोस्रो जित हो। यसअघिको खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको जित निकालेको थियो।

टस हारेर ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १८ दशमलब ४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो।

सुरुवाती ब्याटिङ गरेको न्युजिल्याण्डका लागि डार्यल मिचेल र डेभोन कोनवेले सर्वाधिक समान २७ रन बनाउँदा कप्तान केन विलियमसनले २५ रन बनाएका थिए। त्यस्तै मार्टिन गुप्टिलले १७ रन बनाउँदा ग्लेन फिलिप्सले १३ रन बनाएका थिए।
न्युजिल्याण्डलाई सामान्य स्कोरमा समेट्न पाकिस्तानका हरिस रउफले सर्वाधिक ४ विकेट लिँदा शहीन शाह अफ्रीदी, इमाद वसिम र मोहम्मद हफिजले समान १र१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३३ रन बनाउँदा आशिफ अलि र शोएब मलिकले अविजित २७ र २६ रन बनाए। त्यसबाहेक फकर जमान र मोहम्मद हफिजले समान ११ रन बनाए।

बलिङतर्फ न्युजिल्याण्डका इस सोधिले २ विकेट लिँदा मिचेल स्यान्टनेर, टिम साउथी र ट्रेन्ट बोल्टले समान १र१ विकेट लिए।

मंगलबार नै सम्पन्न पहिलो खेलमा साउथ अफ्रिकाले वेस्टइण्डिजलाई ८ विकेटले पराजित गरेको थियो । बेष्ट इन्डिजले लगातार दोस्रो खेलमा हार बेहोर्दा दक्षिण अफ्रीकाले पहिलो जित निकालेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी