एमाले काठमाडौं महानगर अध्यक्षमा देउला चयन

काठमाडौं । नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटी अध्यक्षमा निर्मल देउला चयन भएका छन् । एमाले महासचिव ईश्वर पोखरेलले मंगलबार उद्घाटन गरेको काठमाडौं महानगर अधिवेशनले कमिटी अध्यक्षमा देउलालाई चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा न्युछेकाजी महर्जन, सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा सिर्जना भेटुवाल र उपसचिवमा देवेन्द्र खड्गीलाई चयन गरेको छ । काठमाडौं महानगरको कमिटी १०१ सदस्सीय छ ।

निर्वाचित भएसँगै प्रतिवद्धता सम्बोधनमा अध्यक्ष देउलाले भने, ‘देशकै पहिलो महानगरको रुपमा रहेको काठमाडौं महानगर भित्रका ३२ वडामध्ये १८ वटामा निर्वाचित हाल नेकपा एमालेले विजयी गरेकोमा आगामी निर्वाचनमा दुई तिहाई जनमत ल्याई पार्टी उम्मेद्वारालाई स्थानीय निर्वाचन र प्रदेश तथा संघीय निर्वाचनमा विजयी गराउनेछु ।’

तपाइको प्रतिक्रिया
(Visited 355 times, 1 visits today)

epaper

ताजा समाचार

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना