Friday, June 18, 2021
Home Not-to-be-missed भौतिक मन्त्रालयले थप्यो, १५ सय ठेक्काको म्याद

भौतिक मन्त्रालयले थप्यो, १५ सय ठेक्काको म्याद

,

काठमाडौं । सरकारले १५ सयवटा ठेक्काको म्याद थपेर विभिन्न निर्माण कम्पनीहरूलाई अन्तिमपटकका लागि काम गर्ने अवसर प्रदान गरेको छ ।ती म्याद थपिएका निर्माण कम्पनीले तोकिएको अवधिभित्र आफ्नो काम सम्पन्न गरिसक्नुपर्नेछ । वर्ष दिनसम्म पनि काम सम्पन्न गर्न नसके ठेक्का तोड्ने सरकारको तयारी छ भने मासिक रूपमा प्रगति देखाउन नसकेमा बीचैमा पनि ठेक्का तोड्ने रणनीति सरकारले लिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले लामो समयसम्म रुग्ण रहेका ठेक्का व्यवस्थापन गर्नका लागि सार्वजनिक खरिद नियमावली, २०६४ मा नवौं संशोधन भएपश्चात् १५ सय वटा ठेक्काको म्याद थप गर्ने कार्य टुंग्याएको जानकारी गराए ।

आफ्नो कार्यकाल सय दिन पुगेको अवसरमा केही दिनअघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले म्याद थपका कारण निर्माण कार्य रोकिएका ठेक्कामा पुनः निर्माण कार्य सुरु भई थपिएको म्यादभित्रै सम्पन्न हुने अपेक्षा लिएको उल्लेख गरेका थिए ।
मन्त्रालयका सचिव देवेन्द्र कार्कीले म्याद थप गरिएका ठेक्काको नियमित रूपमा प्रगति विवरण हेरिने र काम गर्न नसके बीचैमा ठेक्का तोड्ने जनाए । ‘हामीले अन्तिमपटकका लागि भनेर म्याद थप गरेका हौं, नियमित रूपमा कामको प्रगति हेर्छांै, राम्रो काम गर्न नसके बीचैमा पनि ठेक्का तोड्छौं,’ सचिव कार्कीले भने ।

१ सय १८ अर्ब बराबरकै छन् लथालिंग र थलिएका ठेक्का
२४ अर्ब पेस्की, ६ अर्बको कार्य सम्पादन जमानत नै जोखिममा

सरकारले म्याद थप गर्नु अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुग्ण ठेक्काको व्यवस्थापन अध्ययन तथा विश्लेषण प्रतिवेदन सार्वजनिक गर्दै सार्वजनिक खरिद तथा ठेक्का व्यवस्थापनको कार्यान्वयन पक्ष प्रभावकारी बनाउन नेपाल सरकारले आवश्यक रणनीति तय गर्नु अपरिहार्य भएको भन्दै सचेत गराएको थियो ।

अख्तियारले सार्वजनिक खरिद र ठेक्का व्यवस्थापनमा पर्याप्त कानुनी व्यवस्था हुँदाहुँदै पनि पालनामा धेरै कमीकमजोरी देखिएको विद्यमान अवस्था सम्बोधन नभएसम्म राज्यले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पूरा हुन नसक्ने जनाएको थियो ।

राज्यको ३० अर्ब जोखिममा

सरकारको उदासीनता र ठेकेदारको ढिलासुस्तीले राज्यको ३० अर्ब नै जोखिममा पर्ने देखिएको छ ।
अख्तियारका अनुसार गत आर्थिक वर्षको मंसिरसम्म पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न मन्त्रालयअन्तर्गतका ११८.०१ अर्ब बराबरका १ हजार ८ सय ४८ ठेक्का तोकिएको समयभित्र सम्पन्न हुन सकेको छैन । जसका कारण राज्यको करिब २३.६० अर्ब बराबरको अग्रिम भुक्तानी (पेस्की) र ५.९० अर्बको कार्य सम्पादन जमानतबापतको रकम गरेर करिब ३० अर्ब बराबर रकम जोखिममा परेको हो ।

ग्रामीण तथा दुर्गम क्षेत्रमा वर्थिङ केन्द्र निर्माण गर्नेदेखि खानेपानी योजनाको निर्माण, सडक निर्माण, पुल निर्माण, राजमार्ग स्तरोन्नति, विद्युत ट्रान्ससिमन लाइन निर्माणलगायत रहेका छन् । अख्तियारले केही रुग्ण ठेक्का सम्झौताहरूको कार्यान्वयनमा राम्रो प्रगति देखिए पनि अझै पनि उल्लेख्य संख्यामा रुग्ण ठेक्का सम्झौताहरूको कार्यान्वयन पक्ष कमजोर देखिएको जनाएको छ । अख्तियारले ठेक्काअन्तर्गतका निर्माण कार्य समयमा सम्पन्न नभएका कारण बेरोजगारी र सामाजिक तथा आर्थिक क्षेत्रहरूमा नकारात्मक प्रभाव पारेकोमा समेत जोड दिएको छ ।

जसले जगाए आशा

सरकारले एक वर्षको अवधिमा कतिपय रुग्ण ठेक्का सम्पन्न गर्दै आशा पनि जगाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा त्यसअन्तर्गतको सडक विभागअन्तर्गत १ सय ९४, सहरी विकास मन्त्रालय तथा त्यसअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत १ सय ३७ वटा रुग्ण ठेक्का सम्पन्न भएका छन् ।

यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत १ सय ४ वटा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत ४६ वटा, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत २९ वटा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत १८ वटा, सामान्य प्रशासन तथा स्थानीय पूर्वाधार मन्त्रालयअन्तर्गत ७४ वटा, खानेपानी मन्त्रालय तथा ढल व्यवस्थापन विभागअन्तर्गत १६ वटा ठेक्का सम्पन्न भएका छन् । जसबाट ४ खर्ब ७० अर्ब ३ करोड बराबरका ६ सय १८ वटा ठेक्का सम्पझौताको निर्माण सम्पन्न भएको छ ।

(Visited 209 times, 1 visits today)
Loading comments...

आजको समाचार

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने

  काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता एनवाईएफ सर्ट...

जुम्लाकाे पातरखाेलामा पहिराेले १० घर भत्किए,सिंगाे गाउँ जाेखिममा

  जुम्ला ।  जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किएका छन्। हिमा गाउँपालिका वडा नम्वर ६ र ७ मा पहिराेले १० वटा घर भत्किएकाे...

साताका लोकप्रिय समाचार

जोकोभिच फ्रेन्च ओपनको फाइनलमा

पेरिस । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश पुगेका छन् । फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराति भएको खेलमा साविक विजेता...

राष्ट्रिय आवश्यकताको पहिचान

विपन्न मात्र होइन, समृद्धशाली राष्ट्रका पनि आफ्नै समस्या हुन्छन् । विश्वमा त्यस्तो कुनै मुलुक छैन जो समस्यामुक्त छ । हाम्रोजस्तो अल्पविकसित मुलुकमा यत्रतत्र सर्वत्र...

धितो पत्र बोर्डको विज्ञप्तीको असर, ५२ अंकले घट्यो सेयर

  काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिको असर बुधवारको सेयर बजारमा परेको छ । बुधवार सेयर बजारमा ५२ अंकको गिरावट आएको छ...

चालू खाता २ खर्ब ४७ अर्बले घाटामा

काठमाडौं । आर्थिक वर्ष २०७७-७८ को १० महिनामा कुल आन्तरिक कर्जा वढ्नुका साथै निक्षेप संकलन र कर्जा परिचालन बढेको पाइएको छ । बैंक तथा...

ट्रेन्डिङ

कैलालीमा स्टार तेक्वान्दोको शाखा विस्तार

गोवा । स्टार तेक्वान्दो संस्थाले कैलालीको टिकापुरमा शाखा विस्तार गरेको छ । विगत एक दशकदेखि भारतको गोवामा तेक्वान्दो संचालन गरिराखेको उसले नेपालमा पनि प्राथमिकता...

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, नौ अर्बको कारोबार

काठमाडाैं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लगातार उकालो लागेको नेप्से...

पैदल आवतजावतमा पूर्ण खुला

काठमाडौं । सरकारले विगत ८० दिनदेखि जारी बन्दाबन्दी (लकडाउन)लाई खुकुलो बनाउँदै विभिन्न क्षेत्रलाई खुला गर्ने निर्णय गरेको छ । सर्वसाधारण, श्रमिक, मजदुर तथा व्यापारी...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

उपत्यकामा निषेधाज्ञा एक साता थपियो

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप एक साता थपिएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन्...

अनौठो रोगले एकै घरका चार दिदीबहिनी बिरामी

इलाम । अनौठो रोगका कारण एकै घरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट इलामको फाकफोकथुम गाउँपालिका–१ ठिंगेपुरका दिदीबहिनी...

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक...

तीन राप्रपाबीच एकता सहमति, तीनै जना अध्यक्ष, डेढ वर्षपछि महाधिवेशन

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी संयुक्त अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पाटी (संयुक्त) बीच...

ओझेलमा सयौं फैसला

काठमाडौं । सर्वोच्च, उच्च र जिल्ला अदालतले गरेका हजारौं मुद्दा अझै कार्यान्वयनमा आउन सकेका छैनन् । कार्यान्वयन आउन नसक्दा फैसला कागजको खोस्टा बन्ने खतरा...

अब पिसिआर रिपोर्ट सम्बन्धित व्यक्तिलाई दिन पाउने

काठमाडौँ । सबै प्रयोगशालाले अब पिसिआर परीक्षणको रिपोर्ट सम्बधित व्यक्तिलाई दिन पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसिआर...

शोकीका सुवास

साहित्यकार अशोक शोकीको ‘अन्तर्मनको दृष्टि’ दार्शनिक पुस्तक हो । यसअघि उनका ‘देश मेरो पुस्तक’, ‘मनको यात्रा ः अविश्रान्त पाइला’, ‘कलम यसरी चिप्लियो’, ‘पालुवाको बैंस’लगायत...

दक्षिण कोरियामा कोरोनाको त्रास, २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

सियोल । दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)