नेपाल एयरलाइन्सले अछाम-धनगढी हवाइ भाडा एक हजारले घटायाे

अछाम । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको छ ।

निगमले अछाम-धनगढी उडानमा १ हजार २५ रुपैयाँ भाँडा घटाएकाे हाे । अब भाडादर २ हजार ८ सय ८५ कायम गरिएको नेपाल एयरलाइन्स धनगढी-अछामका सम्पर्क व्यक्ति कृष्ण कुँवरले बताए । यसअघि अछाम-धनगढी हवाइ भाडा ३ हजार ९ सय १० रुपैयाँ थियाे । नयाँ भाडादर आज सोमबारबाट लागू हुनेछ । 

समिट एयरको भाडादर भने पूरानै अर्थात् ३ हजार ५ सय ५० रुपैयाँ कायम रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारद्वारा रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी, के गर्न पाइन्छ, के पाइदैन ?

कुरी-कुरी