काठमाडौं । आयोजक बाल विकास बोर्डिङ स्कुलले प्रथम बाल विकास राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगिताको थाउलोतर्फ जुनियर पुरुष ग्रुप प्याटर्नमा शनिबार स्वर्ण जितेको छ ।
बाल विकासका सुजन तामाङ, विपिन गुरुङ, अनुप तामाङ, सौगात चन्द, सुशील तामाङ र दीपेश श्रेष्ठ सम्मिलित टोलीले स्वर्ण जितेका हुन् । बाल विकासले ६.५ अंक जोड्यो । थाउलोकै सिनियर महिला बेयर ह्यान्डमा बाल विकासकी सिर्जना गुरुङ ६.८ अंक जोड्दै पहिलो भइन् ।
सिर्जनाले आफ्नै स्कुलकी सपना शाहीलाई पराजित गरिन् । बूढानीलकण्ठस्थित आयोजक बाल विकासको हातामा भइरहेको प्रतियोगिताको सिनियर पुरुष बेयर ह्यान्डमा सनराइजका सुदित श्रेष्ठ ७.२ अंकसाथ पहिलो भए । बाल विकासका लक्ष्मण सारु मगर दोस्रो र सनराइजका सागर लामा तेस्रो भए ।
तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)






